ढुंगेल जेल गएलगत्तै काँग्रेस र राप्रपाका नेतालाई वासिएलको चेतावनी

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसियएलले देशभर काँग्रेस र राप्रपाका नेताविरुद्ध द्वन्द्वकालीन घटना व्यूताएर मुद्दा दायर गर्न निर्देशन दिएको छ ।

पार्टीका केन्द्रीय नेता बालकृष्ण ढुंगेललाई आज प्रहरीले पक्राउ गरी जेल चलान गरेपछि वासियलले विज्ञप्ती निकाल्दै यस्तो चेतावनी दिएको हो ।
देश संविधान कार्यान्वयनका लागि प्रदेश र प्रतिनिधिसभा चुनावमा होमिएका बेला निर्वाचन नगर्ने षडयन्त्र स्वरुप ढुंगेललाई पक्राउ गरिएको वासिएलल ठहर गरेको छ ।

अध्यक्ष रामप्रसाद सापकोटाद्वारा जारि विज्ञप्तीमा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत मुद्दाको हल गर्न र ढुंगेललाई तत्काल रिहा गर्न माग गरिएको छ । ज्यान मुद्दाका दोषी ढुंगेललाई सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ ।

सर्वोच्चको फैसलालगत्तै सार्वजनिक रुपमा नदेखिएका ढुंगेललाई प्रहरीले आज सातदोबाटोबाट पक्रेर डिल्लीबजार कारागार चलान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको