आयोग तनाबमा: अर्बौंको थप बजेट, मतदान झन्झटिलो

कात्तिक १३ : सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधिसभाको मतपत्र अलग हुनुपर्ने ‘बाध्यकारी’ भन्दै आयोगसँग प्रगति विवरण मागेपछि निर्वाचनबारे झस्किएको आयोगले आइतबार एकाएक मतपत्र अलगअलग बनाउने निर्णय गरेको छ ।

election_TW3w2hjJrU

तर, त्यससँग जोडिने निर्वाचन व्यवस्थापनदेखि आर्थिक व्यवस्थापनका पक्षले भने आयोग तनावमा छ । अर्कोतिर सर्वोच्चबाट निर्वाचनलाई असर पर्ने कुनै आदेश-निर्णय वा फैसला नआओस् भन्नका लागि ‘सुझबुझपूर्ण’ निर्णय गरिएको आयोगको भनाइ छ । आयोगले प्रदेश र प्रतिनिधिसभाको मतपत्र फरकफरक हुने निर्णयसहितको प्रगति विवरण सोमबार सर्वोच्चमा पेस गर्दै छ । 

‘कोही कतैबाट निर्वाचन हुन नदिने षड्यन्त्र हुने क्रममा रहेछ भने आयोगले सफल हुन दिँदैन भन्ने सन्देश पनि हो’, निर्वाचन आयुक्त सुधीर शाहले भने, ‘निर्वाचन सार्ने वा हुन नदिने हल्लाका पछाडि आयोग लाग्दैन । आयोगको सम्पूर्ण शक्ति तोकिएको मितिमा चुनाव गराउने हो ।’

मतपत्रमा परिवर्तन गरिए
– प्रदेश र प्रतिनिधिसभामा तीनवटा मतपत्र हुने
– पहिलो र दोस्रो मतपत्र प्रतिनिधि र प्रदेशसभा प्रत्यक्षतर्फ हुने
– तेस्रो मतपत्रमा दुवै तहका समानुपातिक
– हालको डिजाइन परिवर्तन गर्नुपर्ने
– तीनवटा मतपत्र भए थप डेढ करोड मतपत्र छाप्नुपर्ने
– मतपत्रमा मात्रै १० करोड बढी खर्च लाग्ने

‘मतपत्रमा मात्र १० करोड बढी खर्च लाग्ने देखिन्छ,’ आयोगका एक आयुक्तले भने । मतपत्र थप भए मतपेटिकादेखि मतदान अधिकृत, सहायक कर्मचारीदेखि सुरक्षाकर्मी पनि थप चाहिने आयोगको भनाइ छ ।

मतपत्र थपिनेबित्तिकै आयोगलाई अर्बौंको थप बजेट चाहिने आयोगका पदाधिकारीको भनाइ छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०