धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

११ कात्तिक, काठमाडौं : धादिङको गजुरीबाट यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १६ जना घाइतेको उद्धार गरिएको छ ।

bus-accident-dhading

त्रिशुलीमा डुबेको बसबाट ३० जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएका कारण अझै केही बेपत्ता रहेको आशंकामा खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

नदीमा डुबेको बस क्रेनको सहायताले नदिबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ । ना ६ ख १४६७ नम्बरको बस आज बिहान ६ बजेतिर गजुरी गाउँपालिका–५, घाटबेंसी नजिकबाट त्रिशुली नदीमा खसेको थियो ।

१६ जना घाइतेमध्ये गम्भिर २ जनालाई उपचारको लागि काठमाडौं पठाइको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको