१० कात्तिक, पोखरा : पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले(नेकपा माओवादी केन्द्रका अध्यक्ष) अाफूले पहिले कांग्रेसँगै गठबन्धन गरेर गुन लगाएको र अहिले वाम गठबन्धन गरी कांग्रेसलार्इ गुन लगाएको बताएका हुन् ।
पार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुन लगाएको प्रचण्डले बताए ।
गठबन्धनकै कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत कांग्रेसमा प्रवेश गरेको उदाहरण दिदै प्रचण्ले कांग्रेसलाई वाम गठबन्धनबाट चित्त नदुखाउन सुझाव दिए ।
‘कांग्रेसलार्इ गठबन्धनले गुन लगाएको छ,’ प्रचण्डले प्रष्ट पार्दै भने, ‘कांग्रेस एकताबद्ध भएको छ, गच्छदार लगायत अाउनुभएको छ। प्रचण्डले कार्यकर्ताहरुलाई गठबन्धनबाट उत्साहित भएर रिल्याक्स गर्नुको साटो उम्मेदवारहरूलार्इ जिताउन इमान्दार भएर लाग्न अनुरोध गरेका छन् ।
सोही कार्यक्रममा प्रचण्डले गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सम्पन्न भएको भन्दै अाजै टुंगो लगाइने बताए । सिट बाँडफाँटका क्रममा ६०/४० भन्दा केही तलमाथि पनि हुनसक्ने भन्दै प्रचण्डले कार्यकर्ताहरूलार्इ चित्त बुझाउन अाग्रह गरेका थिए ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का