माछापुच्छ्रे क्रिकेट क्लब (एमसीसी) अभ्यासको लागि दुबई जाने भएको छ । क्लबको भ्रमण नोभेम्बर १७ देखि २२ तारिखसम्म हुनेछ । पोख्रेली क्लब माछापुच्छ्रेले दुबईको स्थानीय दुई क्लबसँग भिन्न मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । पहिलो खेलमा माछापुच्छे्र क्रिकेट क्लबले आईसीसी एकेडेमी मैदानमा दार्जिलिङ क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो क्लबसँग माछापुच्छे्र क्रिकेटले नोभेम्बर १८ तारिखमा खेल्नेछ । दार्जिलिङ क्रिकेट क्लब दुबईको सबै भन्दा पुरानो क्लब हो ।
त्यस्तै, युएई भ्रमणको दौरानमा दोस्रो खेल वाईटीसीए दुबईसँग १९ नोभेम्बरमा एमसीसी अजमानमा खेल्नेछ ।
माछापुच्छ्रे क्रिकेट क्लबको नेतृत्व दिपेश खत्रीले गर्दैछन् । उनकै कप्तानीमा माछापुच्छे्रले दुई वटा खेल खेल्न लागेको हो । क्लबका अन्य सदस्यमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी अभय राना, राष्ट्रिय खेलाडी सोनु तामाङ, सुमन उदय, रविन जोशी, प्रितम दुवाल श्रेष्ठ, र सुमन चौलागाई रहेका छन् ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र