वाम गठबन्धन छोडेर बाबुरामले गल्ति गरे : एकीकरण संयोजन समिति

काठमाडौं, ८ कार्तिक : नयाँ शक्ती  पार्टी बाम धुव्रिकरण एकीकरण केन्द्रीय संयोजन समितिका संयोजक ठाकुरप्रासद चापागाँईले वाम एकताबाट बाहिरिएर डा.बाबुराम भट्टराईले गम्भिर गल्ति गरेको आरोप लगाएका छन् ।रिपोर्टर्स क्लब नेपालमा संयोजन समितिले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ शक्ती  पार्टी बाम धुव्रिकरणका पक्षधरहरूलाइ  डा. भट्टराईले गरेका कांग्रेस धु्वीकरणबाट बाम धुव्रिकरण र वाम एकताकै कायदीशामा बस्नको लागि सवैलाइ आग्रह गरेको हो । गत असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिबीच पार्टी एकता सम्बन्धि गरिएको सम्झौताको मसि नसुक्दै बाबुराम भट्टराई बाहिनु मुलुक र जनताको हित विपरित काम भएको बताउदै संयोजक चापागाईले डा. भट्टराईलाई पनि वाम एकतामै बस्न आग्रह गरेका छन् ।

bam-768x432

वाम एकताले समाजवाद ल्याउनको लागि अहम भूमिका खेल्ने दाबी गर्दै संयोजक चापागाँईले भने,‘एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति लगायत सबै वाम राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्छ, यो आजको आवश्यकता हो, दक्षिणपन्थिसँग टाँसिएर एउटा दुई वटा सिटको बार्गेनिङ गरेर डा.साहाब बाहिरिनुभयो, उहाँले गल्ति गर्नुभयो।’

उनले अघि थपे,‘७० वर्षको ईतिहाँसमा यो वाम एकताको गृहकार्य अघि बढ्दैछ, यस्तो अवस्थामा बाबुराम बाहिरिनु बिडम्बना हो, बच्चापनको राजनीति गर्नु उहाँले सुहाउँदैन, बिचार मिल्नेसँग प्राविधिक कुराहरु पनि मिल्छन्, काँग्रेससँग केही कुरा नै मिल्दैन, परम्परागत तरिकाले समाजवाद प्राप्त हुँदैन।’

वाम एकताबाट काँग्रेसलाई नडराउने आग्रह गर्दै संयोजक चापागाईले भने,‘लोकतान्त्रिक माध्यायमबाट हामीले मुलुक र जनताको हित हुने काम गर्ने हो, वाम एकताले एकतन्त्रिय कम्युनिष्ट शासन लागु गर्छ नकी भनेर काँग्रेसले डर मानिरहेको छ, विपीको समाजवादलाई छोडेर व्यक्तिगत रुपमा पार्टी चलाउने अनि वाम एकता हुँदा डराउने यस्तो पनि हुन्छ ? काँग्रेसले नडराए हुन्छ।’

जनता र मुलुुकको हितको लागि वाम गठबन्धन आवश्यक रहेको निश्कर्षमा पुगेको भन्दै आफुहरुले वाम एकतालाई मजबुद बनाउने र एकताको धारमा बाँध्ने काममा हदैसम्मको प्रयास गर्ने एकीकरण केन्द्रिय संयोजन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना