१११ स्थानका लागि ८०३ जनाबीच प्रतिस्पर्धा

chunab-vote_eI0ChIhylq

काठमाडौँ,  ७ कात्तिक ।  पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ ८०७ जनाको उम्मेदवारी परेको छ ।  ती उम्मेदवारीमध्ये प्रतिनिधिसभाको ३७ स्थानका लागि ३२२ उम्मेदवार चुनावी मैदानमा छन् भने प्रदेशसभाको ७४ स्थानका लागि ४८१ उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
कूल उम्मेदवारी ८०७ परे पनि आयोगले छानबिनपछि ८०३ जनाको उम्मेदवारी कायम गरेको छ ।  यसरी पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाका १११ स्थानका लागि ८०३ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा कुनै पनि दलले शतप्रतिशत उम्मेदवारी दिएका छैनन् ।  पहिलो पटक गठबन्धनको अभ्यासमा रहेका दलहरूले तालमेलअनुसार नै उम्मेदवारी दर्ता गराएका छन् ।  कतिपय जिल्लामा भने तालमेल हुँदाहुँदै पनि विद्रोही उम्मेदवार खडा भएका छन् ।  निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी क्षेत्रमा नेपाली कांँग्रेसले उम्मेदवारी दिएको छ ।  प्रदेश र प्रतिनिधिसभा गरी काँंग्रेसले कुल १०३ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।  पहिलो चरणका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा गरी १११ निर्वाचन क्षेत्र छन् ।
यसैगरी नयाँ शक्तिले ८१ स्थानमा उम्मेदवार उठाएको छ ।  यस्तै, गठबन्धनका कारण सबै क्षेत्रमा उम्मेदवार नदिएको एमालेले ६२ स्थानमा उम्मेदवारी दर्ता गरेको छ ।  माओवादी केन्द्रले ४९ स्थानमा मनोनयन दर्ता गरेको छ ।  सङ्घीय समाजवादी फोरम नेपालले ५५ स्थानमा उम्मेदवार उठाउँदा राप्रपा प्रजातान्त्रिकले ४३ स्थानमा उम्मेदवारी दिएको छ ।
जिल्लागत रूपमा भने प्रतिनिधिसभामा सबैभन्दा बढी उम्मेदवार नुवाकोटमा छन् ।  प्रतिनिधिसभामा सबैभन्दा कम उम्मेदवार मनाङ र मुस्ताङमा छन् ।  नुवाकोटमा दुई गठबन्धनसहित २४ जना उम्मेदवार छन् ।  नुवाकोटमा प्रतिनिधिसभाका दुई क्षेत्र छन् ।  प्रतिनिधिसभामा दुई क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि २२ जनाले प्रतिस्पर्धा गर्दैछन् ।  यस्तै, प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको धादिङमा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।  गोरखामा प्रतिनिधिसभाका दुई स्थानका लागि १८ जनाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिनिधिसभाको एकमात्र सिट रहेका जिल्लामध्ये सबैभन्दा बढी उम्मेदवार दोलखामा छन् ।  दोलखामा प्रतिनिधिसभाको एक सिटका लागि १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।  यस्तै, प्रतिनिधिसभाको एक सिटका लागि रामेछापमा १४, लमजुङमा १२, रसुवामा ११, खोटाङमा १० र रोल्पामा १० जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
सबैभन्दा कम उम्मेदवार प्रतिनिधिसभातर्फ मनाङ र मुस्ताङमा छन् ।  एक सिटका लागि दुवै जिल्लामा दुई÷दुई उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।  यस्तै बाजुरामा तीन, डोल्पामा पाँच र दार्चुलामा पाँच जनाबीच प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा हुने भएको छ ।  प्रदेशतर्फ सबैभन्दा बढी उम्मेदवारी धादिङमा परेको छ ।  प्रदेशसभाका चार सिटका लागि २५ जनाको मनोनयन दर्ता भएको छ ।  क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभाको दुई सिटका लागि धादिङमा १७ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।
दुई सिट प्रदेशसभातर्फ रहेको दोलखामा २४ जनाको मनोनयन परेको छ ।  दोलखामा प्रदेशसभाका दुवै सिटमा १२÷१२ जनाको मनोनयन दर्ता भएको छ ।  यस्तै, रामेछापमा प्रदेशसभाको दुई स्थानमा पनि १२ जनाबीच नै प्रतिस्पर्धा हुने भएको छ ।  यस्तै, सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुई सिटका लागि २० जनाबीच प्रतिस्पर्धा हुँदैछ भने सिन्धुपाल्चोक २ को प्रदेशसभाका सिटका लागि १६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रदेशसभातर्फ पनि मनाङमा सबैभन्दा कम उम्मेदवार छन् ।  प्रदेशका दुई सिटका लागि मनाङमा पाँच जनाको मनोनयन परेको छ ।  यस्तै, गोरखाको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाको दुई सिटका लागि पनि सात जना र बैतडीमा प्रदेशसभाको दुई सिटका लागि सात जनाबीच नै प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना