आफ्नो जन्म महिनाबाट थाहा पाउनुहोस् जीवनका केही राज !

तपाईं कुन महिनामा जन्मिनुभएको हो त्यसले तपाईंको स्वास्थ्यमा असर पुर्याउने गर्दछ । तपाईं जन्मिनुभएको महिना नै तपाईंको स्वास्थ्यबारे वर्णन गर्दछ । जन्मिएको महिना र रोगको विषयमा विभिन्न अनुसन्धान भएका छन् । यी अनुसन्धानका अनुसार जन्म महिनाले शारिरिक स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने गर्दछ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

birthday-month-1-650x433_xbEH92WPTL

जनवरीः

यदि तपाईंको जन्म जनवरीमा भएको छ भने तपाईंको व्यक्तित्व निकै आकर्षक र रोचक हुनेछ । तपाईं कडा मेहनतमा विश्वास गर्नुहुन्छ र आफ्नो करियरका लागि एक प्रकारको लगाव हुन्छ । तपाईं निकै सामाजिक पनि हुनुहुन्छ र तपाईंमा नेतृत्व क्षमता अत्यधिक छ । यो महिनामा जन्मिएका व्यक्तिहरु रचनात्मक पनि हुन्छन् । जर्मनीमा भएको एक अनुसन्धानलाई मान्ने हो भने यो महिनामा जन्मिएका मानिसहरु बायाँ हात चलाउने पनि हुनसक्छन् ।

फेब्रअरीः

यो महिनामा जन्मिएका व्यक्तिहरुमा सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ । फेब्रुअरीमा जन्मिएका मानिसहरु जब खुसी हुन्छन् तब अत्यधिक हुन्छन् भने दुखी हुँदा पनि सम्हाल्नै नसकिने तरिकाले दुखी हुन्छन् । यो महिनामा जन्मिने मानिसहरु आफैंमा एक रहस्य हुन्छन् । उनीहरुलाई बुझ्न पनि मुश्किल छ ।

मार्चः

यो महिनामा जन्मिने मानिसहरु मिलनसार हुन्छन् र यात्रामा रुची राख्छन् । साथै, उनीहरु अत्यधिक उत्साही र उत्सुक हुन्छन् । उनीहरुमा विभिन्न प्रकारका जानकारी जुटाउने जोश हुन्छ । इन्टरनेशनल जर्नल अफ क्यान्सरमा सन् २०१४ मा भएको एक शोधलाई मान्ने हो भने मार्च महिनामा जन्मिएका मानिसहरुमा (non-Hodgkin’s lymphoma) विकसित हुने सम्भावना २५ प्रतिशत बढि हुन्छ ।

अप्रिलः

अप्रिल महिनामा जन्मिएका मानिसहरुको व्यक्तित्व निकै आकर्षक हुन्छ । उनीहरु जिद्दी र हँसिला पनि हुन्छन् । यो महिनामा जन्मिएका मानिसहरुले आफ्नो रिसमाथि आफैं नियन्त्रण गर्न सक्दैनन् । इन्टरनेशनल जर्नल अफ क्यान्सरमा सन् २०१४ मा छापिएको एक शोध अनुसार यो महिनामा जन्मिएका मानिसहरुको सेतो रक्त कोशिकामा हुने क्यान्सर ९लयल(ज्यमनपष्ल’क थिmउजयmब० को सम्भावना अत्यधिक हुने गर्दछ । यसका साथै, एक अन्य शोधलाई विश्वास गर्ने हो भने यो महिनामा जन्मेकाहरुलाई अर्थराइटिस, अल्सर, स्केलेरोसिसजस्ता रोग हुने सम्भावना अत्यधिक हुने गर्दछ ।

मेः

यो महिनामा जन्मिएका मानिसहरु आकर्षक र लोकप्रिय हुन्छन् । तर उनीहरु थोरै लापरवाही हुने भएकाले सनकी पनि हुन्छन् । आफू्लाई मनपरेको केही कुरा जसरी पनि उनीहरुले पाउनै पर्छ । उनीहरुले जीवनको सही तारतम्य मिलाउने गर्दछन् । बेलायतमा भएको एक अनुसन्धानलाई विश्वास गर्ने हो भने यो महिना जन्मिएका मानिसहरुमा आँखा सम्बन्धि समस्या हुने अत्यधिक सम्भावना हुन्छ ।

जूनः

जूनमा जन्मिएका मानिसहरु जिद्दी र महत्वाकांक्षी हुन्छन् । यो महिनामा जन्मिएकाहरुलाई अत्यधिक रिस उठ्छ र उनीहरु आफ्नो रिसमा नियन्त्रण पनि गर्न सक्दैनन् । उनीहरुको जीवन उतारचढावले भरिएको हुन्छ । बेलायतमा भएको अनुसन्धानलाई विश्वास गर्ने हो भने जूनमा अर्थात् अत्यधिक गर्मी महिनामा जन्मिएका मानिसहरुलाई आँखा सम्बन्धि रोग मायोपिया (नजिकको वस्तु नदेखिने) को सम्भावना १७ प्रतिशतभन्दा बढि हुन्छ ।

जुलाईः

यो महिनामा जन्मिएकाहरुलाई बुझ्न निकै गाह्रो हुन्छ । उनीहरु अत्यधिक रहस्यमयी र मुडी हुन्छन् । उनीहरुको मन निकै कोमल हुन्छ र उनीहरुभित्र प्रबन्धन क्षमता निकै राम्रो हुन्छ । सन् २०१० मा हंगेरीमा भएको एक शोधलाई मान्ने हो भने जो व्यक्ति जुलाई महिनामा जन्मिन्छन् उनीहरुमा आत्महत्याको प्रवृत्ति डिसेम्बरमा जन्मिएका बच्चाभन्दा १४ प्रतिशत अधिक हुन्छ ।

अगस्ट महिनाः

अगस्ट महिनामा जन्मिएका मानिसहरु पैसाको बन्दोबस्त निकै राम्रो तरिकाले गर्दछन् । उनीहरुको दिमाग निकै तेज हुन्छ । यस्ता व्यक्तिहरु पैसा खर्च गर्न थोरै लोभ गर्छन् । यो महिनामा जन्मिएकाहरुको निकै प्रतिभावान् हुन्छ । उनीहरु कला, साहित्य र विभिन्न रचनात्मक विधामा आफ्नो विशिष्ट पहिचान बनाउँछन् । एलर्जी जर्नलमा सन् २०१२ मा छापिएको एक अनुसन्धानलाई विश्वास गर्ने हो भने यो महिनामा जन्मिएकाहरुलाई एलर्जीको सम्भावना अत्यधिक हुन्छ ।

सेप्टेम्बरः

यो महिनामा जन्मिएकाहरु अत्यधिक उदार हुन्छन् र अरुको सहयोग गर्न सधैं अग्रसर हुन्छन् । उनीहरुमा सिक्ने र बुझ्ने क्षमता अरुको तुलनामा अत्यधिक हुन्छ । उनीहरु संघर्ष गर्न कहिले पनि पछि हट्दैनन् र मेहनतमा विश्वास गर्छन् । उनीहरुको पारिवारिक जीवनमा उतार चढाव आउनसक्छ । यो महिनामा जन्मिएकाहरुले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ किनभने उनीहरुलाई एलर्जी र हृदयघातसम्बन्धि रोगको सम्भावना अत्यधिक हुन्छ ।

अक्टोबरः

यो महिनामा जन्मिएका मानिसहरु निकै शान्त र आकर्षक हुने गर्दछन् । उनीहरु मानिसहरुसँग झगडा गर्नुको साटो आफूमा नै खुसी हुन रुचाउँछन् । बिएमसी मेडिसिन सन् २०१२ मा छापिएको एक अनुसन्धानलाई विश्वास गर्ने हो भने अक्टोबर महिनामा जन्मिएका बच्चाहरुलाई स्व प्रतिरक्षातन्त्रका रोग जस्तैः मल्टिपल स्क्लेरोसिस, रुमेटाइड अर्थराटिस र अल्सर हुने सम्भावना उमेर बढेसँगै धेरै हुने गर्दछ । यस्तो यसकारण हुने गर्दछ किनभने गर्भवती महिलामा तेस्रो त्रैमासिकमा भिटामिन डीको कमी हुने गर्दछ ।

नोभेम्बरः

यो महिनामा जन्मिएकाहरु अरुको सहयोग गर्ने कुरामा विश्वास राख्छन् । उनीहरु अत्यन्त दयालु र परोपकारी हुन्छन् । उनीहरुमा अत्यधिक सहनशीलता पनि हुन्छ । जर्मनीमा भएको अनुसन्धान अनुसार यो महिनामा जन्मिएका मानिसहरु धेरैजसो बायाँ हात चलाउने हुन्छन् ।

डिसेम्बरः

यो महिनामा जन्मिएकाहरु अब्बल दर्जाका अल्छी हुन्छन् । उनीहरु धेरैजसो अरुमा नै निर्भर हुन्छन् । यो महिनामा जन्मिएका मानिसहरु अरुसँग तालमेल मिलाएर बस्न सक्दैनन् । उनीहरु भाग्यमा अत्यधिक विश्वास गर्छन् । उनीहरुमा आत्महत्या गर्ने प्रवृत्ति पनि हुन्छ भने आँखाको समस्या हुने सम्भावना पनि छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि