वाम गठबन्धन, उम्मेदवार बाँडफाँडमा सकस

left-unityकाठमाडौं, २ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँड र सिट संख्याको आज टुंगो लगाउने नेताहरुले बताएका छन् ।

बुधबारसम्म कुन दलले कुन कुन जिल्लाको क्षेत्र लिने भन्ने बारेमा व्यापाक छलफल गरी अन्तिम चरणमा पुर्‍याएकाले आज दिनभरिमा टुंगो लाग्ने एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । त्यसका लागि पार्टीको आन्तरिक र गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रत्यक्षतर्फ पार्टीले कहाँ कति लिने भन्ने टुंगो लागेपछि समानुपातिकतर्फको नामलाई अन्तिम रुप दिने तयारी एमालेले जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पनि छलफल अन्तिम चरणमा पुगिसकेकाले आज अथवा भोलिसम्ममा टुंगो लागिसक्ने बताइन् ।

दलहरु अहिले पहिलो चरणमा चुनाव हुने जिल्ला र क्षेत्रका लागि उम्मेदवारी टुंग्याउने गृहकार्यमा लागेका हुने । वाम गठबन्धनको घोषणा गरेसँगै दुवै दल उम्मेदवारको टुंगो लगाउने छलफल थालेको र त्यसको लागि कार्यदल पनि बनाइएको छ । माओवादीले आफ्नो हैसियतभन्दा धेरै र हार्ने उम्मेदवारलाई पनि उठाउन जोड दिए पछि एमालेमा असन्तुष्टि बढेको एक एमाले नेताले जनाए ।

‘रोल्पा, रुकुम, गोर्खा लगायतका जिल्लामा एमालेलाई छाड्न नसक्ने अनि एमालेको लालकिल्लाहरुमा चाहिँ माओवादीलाई छाड्नुपर्ने ?’ एक एमाले नेताले प्रश्न गर्दै भने, ‘गठबन्धनको अर्थ हैसियतअनुसारको सहभागिता हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना