रक्षामन्त्री : कम्युनिष्ट गठबन्धनसँग काँग्रेस डराउँदैन

bhimsen-das-pradhan-1024x604काठमाडौँ, २८ असोज । रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई सम्पन्न बनाउनका लागि काँग्रेस र कम्युनिष्ट दुई राजनीतिक पार्टी मात्र हुनुपर्ने बताएका  छन् ।

नागरिक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री प्रधानले न्यूनतम राजनीतिक विचार तथा कार्यक्रममा सहमति हुने पार्टीबीच एकता भए देशमा अस्थिरताको अन्त्य हुने बताउँदै अब देशको उन्नतिका निम्ति क्षेत्रीय, जातीय र अन्य पार्टीबीच एकीकरण हुनुपर्ने बताए ।

नेपालका कम्युनिष्टबीचको एकताले काँग्रेसलाई कुनै असर नगर्ने विचार व्यक्त गर्दै मन्त्री प्रधानले राणा शासनदेखि राजासम्मलाई फाल्ने काँग्रेस कम्युनिष्ट गठबन्धनसँग नडराउने बताए ।

संसदीय निर्वाचनमा आफूले क्षेत्र नं ६ बाट नै चुनाव लड्ने बताउँदै उनले भने–’यो क्षेत्रमा मेरो निकै ठूलो योगदान र लगानी छ, त्यसेले यो क्षेत्रबाट म चुनाव लड्दै छु ।’

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले स्थानीय निकायमा कर्मचारीको अभावमा जनताका काम गर्न निकै कठिन भएको बताउँदै नगरपालिकामा योजना, प्रशासन फाँट नै छैन, कार्यकारी र केही कर्मचारीले सबै कुरा एकैपटक गर्नुपर्दामा काममा ढिलाइ भइरहेकाले आवश्यक कर्मचारीको माग गरे ।

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँ, नागरिक सरोकार समाज तारकेश्वरका अध्यक्ष चन्द्रमणि अधिकारीलगायतले मुलुकमा दलहरुबीच सहकार्य र समन्वयको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना