दोस्रो चरण पुग्ने नेपाली फुटसल टोलीको लक्ष्य

इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टोलि बिहीबार राति इरान प्रस्थान गर्दैछ । पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिताको रुपमा रहेको एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली इरान जाने भएको हो । 

1533862767AFC-Futsal-Dep-(1)

च्याम्पियनसिप  छनोटको लागि १४ सदस्यीय खेलाडी र ९ अफिसियल गरी २३ सदस्यीय नेपाली टोली इरान जानेछ । छनोट खेल्न लागेको नेपाली टोलीलाई बिहिबार नै अखिल नेपाल फुटसल संघ एन्फाले विदाइ गरेको थियो । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले नेपाली टोलीलाई विदाई गरेका थिए ।

इरानमा शुक्रबारबाट सुरु हुने छनोटमा नेपाली टोलीले दोस्रो चरण पुग्ने लक्ष्य लिएको छ । नेपाली टोलीको विदाईपछि बोल्दै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले छोटो तयारी गरेपनि टिम राम्रो भएकोले दोस्रो चरण पुग्ने योजना रहेको बताए । उनले भने, “पहिलोपटक नेपालले फुटसल खेल्न लागेको छ, यो मेरो लागि पनि ठूलो चुनौती हो । इरानमा एसियाका उत्कृष्ट टोलीहरु रहेका छन् तर खेलाडीले राम्रो तयारी गरेका छन् । खेलाडीमा राम्रो खेल्ने भावना छ, दोस्रो चरणमा पुग्ने लक्ष्यसहित तयारी गरेका छाैं ।”

छनोटको लागि एन्फाको फुटसल कमिटीले गएको भदौमा रेडबुल एन्फा राष्ट्रिय लिग फुटसल आयोजना गरेको थियो । त्यसैको आधारमा फुटसल कमिटीले पहिलो चरणमा २७ खेलाडी छनोट गरी अन्तिम नेपाली टोलीको घोषणा गरेको थियो । प्रशिक्षकहरु राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङको छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो । नेपालको यो पहिलो अधिकारिक फुटसल टोली समेत हो ।

साउथ एसिया जोनको छनोट अन्तर्गत समूह ए को  नेपालले आगामी आइतबार उज्वेकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ  । त्यसैगरी सोमबार किर्गिस्तान र मंगलबार तुर्कमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह बी मा  अायोजक इरान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । समूहका शीर्ष २ टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन् । च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । 

पहिलो पटक राष्ट्रिय फुटसल टोली निर्माण भएको भएपनि नेपाली टोली कमजोर नरहेको र च्याम्पियनसिपबाट धेरै कुरा सिक्न सक्ने प्रशिक्षक श्रेष्ठले बताए । “हामीले १–२ महिना निकै मेहेनत गरेका छांै, टिमको रिजल्ट पनि राम्रो आउने छ भन्ने लागेको छ । पहिलोपटक टिम बनेपनि खेलाडीहरुको स्किल र साझेदारी राम्रो छ,” श्रेष्ठले भने, “हामीले त्यहाँ राम्रो खेल्नुका साथै धेरै कुराहरु सिक्ने छौ ।”

यस्तै नेपाली टोलीका कप्तान सुरज राउतले सोचेजस्तो तयारी नभएपनि आफ्नो टोलीले उत्कृष्ट फुटसल खेल्ने बताए । कप्तान राउतले भने, “इरानमा उत्कृष्ट टोलीहरु रहेका छन् । उनीहरु धेरै माथि छन् । हामीले सोचेको जस्तो तयारी गर्न सकेनौ तर हामीले छोटो समयमा धेरै सिकेका छौ । त्यहाँ राम्रो फुटसल खेल्दै उनीहरुको लेभलमा खेल खेल्ने रहेको छ ।” यस्तै कप्तान राउतले नेपालको पहिलो राष्ट्रिय फुटसल टोलीको कप्तानी पाउँदा आफूलाई धेरै जिम्मेवारी पाएको र त्यस जिम्मेवारीलाई पुरा गर्ने बताए ।

नेपाली टिम
गोलकिपर – अनिस श्रेष्ठ, सुमित कुमार आले
डिफेन्डर – राज शाही, सौरभ मगर, अमित तामाङ
मिडफिल्डर – नवीन लामा (उपकप्तान) , अरुज सिंह, विनोद गुरुङ, मणीकुमार लामा, अभय राना
फरवार्ड –  सुरज राउत (कप्तान),सुसन श्रेष्ठ, संजोग महर्जन, निर्मल गुरुङ
मुख्य प्रशिक्षक – राकेश श्रेष्ठ
सहायक प्रशिक्षक – राजेश खड्की 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८