काठमाडौं, २१ असोज । पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले माअाेवादी केन्द्र सरकार ढाल्ने पक्षमा नभएकाे स्पष्ट पारेका छन् ।
शनिबार बिहान माअाेवादी केन्द्रकाे संसदीय दलकाे बैठकमा बाेल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलकाे निर्णय गरेका छौं, याे हाम्राे नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान हाे । यसले सरकारलाई कुनै असर गर्दैन ।’ उनले माओवादी केन्द्र सरकार ढालेर निर्वाचन प्रभावित बनाउने पक्षमा नरहेको बताए ।
‘हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं,’ उनले अगाडि भने, ‘तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छाेड्नुपर्छ भने हामी छाेड्न तयार छौं । हाम्राे एक मात्र चाहना ताेकिएकै मितिमा चुनाव हाेस् भन्ने हाे ।’
संसदीय दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले एमाले, नयाँ शक्तिसँग एकताकाे सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेकाे बताए । ‘एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताकाे सैद्धान्तिक सहमति भएकाे छ तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ, उनले भने, ‘एउटा अर्काेमा विलय भएर एकता हुने हाेइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुङ्गाेमा पुग्छौं । अहिले हाम्रा अा-अाफ्नै वैचारिक मान्यता कायम छन् ।’
बैठकमा अध्यक्ष प्रचण्डले संविधान निर्माण र कार्यान्वयनकाे प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेकाेमा सांसदहरुलाई धन्यवाद दिए ।
काठमाडौँ, असोज २ गते । नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच
काठमाडौँ, असोज १ गते।सरकारले हालै सम्पन्न सचिवस्तर बैठकमार्फत २१ बुँदे निर्णय सार्वजनिक गरेको छ। सिंहदरबारमा
काठमाडौँ, भदौ ३१ गते ।नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा हालसम्मकै ठुलो पार्टी झण्डा राखिएको
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
२९ भदौ २०८२, काठमाडौँ।‘जेनजी समूह’ को नाममा मंगलबार भएको प्रदर्शनका क्रममा भएको आगजनी र
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित