काठमाडौंमा भारतीय उच्च नेताहरू, को–को आए ?

EPG-Nepal-India-Meeting-काठमाडौं, २१ असोज । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक शनिबार बस्ने भएको छ । यसपटकको बैठकमा नेपाल–भारत सीमा व्यवस्थापन प्रमुख एजेन्डा रहेको छ ।

बैठकमा सहभागी हुन भारततर्फका तीनजना सदस्य शुक्रबार काठमाडौं आएका छन् । बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी हुनेछन् ।

भारतबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी हुनेछन् ।

भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने माइनर हर्टअट्याक भएका कारण बैठकमा आउन नसकेको नेपालतर्फका सदस्य डा. भट्टराईले जानकारी दिए ।

‘यसपटकको बैठकमा पनि दुईपक्षीय सम्बन्धका सबै विषयमा छलफल हुन्छ । सीमा व्यवस्थापनबारे पनि छलफल हुन्छ,’ डा. भट्टराईले नयाँ पत्रिकासँग भने ।

इपिजीको चौथो बैठक १७ देखि १७ जेठसम्म भारतको देहरादुनमा भएको थियो । उक्त बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धिबारे छलफल भएको थियो ।

त्यसअघि काठमाडौंमा २३ र २४ चैत ०७३ मा काठमाडौं बसेको तेस्रो बैठकमा नेपालका तर्फबाट १९५० को सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी सन्धि–सम्झौतामा नेपालले चाहेको परिमार्जन पेस भएको थियो ।

इपिजीको दोस्रो बैठक १८ र १९ असोज ०७३ मा नयाँदिल्लीमा भएको थियो । पहिलो बैठक भने नेपालले २० र २१ असारमा काठमाडौंमा आयोजना गरेको थियो ।

नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठकको पहिलो एजेन्डा १९५० को शान्ति तथा मैत्री सन्धि थियो । समूहको पहिलो बैठक बसेको मितिअनुसारको दुईवर्षे अवधि ०७५ असारमा सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना