कांग्रेसको लोकतान्त्रिक गठबन्धन औपचारिकतामै सीमित !

२० असोज, काठमाडौं – बालुवाटारमा लोकतान्त्रिक गठबन्धन बनाउन ६ दलीय कार्यदल बैठक चलिरहेका बेला तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुरले साझा उम्मेदवार बनाउने सहमतिमा हस्ताक्षर गरे ।

2

 

यादव नेतृत्वको संघीय फोरम र ठाकुर नेतृत्वको राजपा कांग्रेस गठबन्धनका मुख्य घटक थिए ।

तर, प्रदेश २ को स्थानीय चुनावमा दोस्रो र तेस्रो भएका दुई पार्टीले अब त्यहाँ कांग्रेससँग सहकार्य होइन, प्रतिस्पर्धा रोजेका छन् । दुई दलले साझा उम्मेदवार जित्ने ठाउँमा कांग्रेससँग प्रतिस्पर्धा गर्नेछन्, बाँकी ठाउँमा मात्र सहकार्य गर्ने नीति लिएका छन् ।

राजपा नेता राजेन्द्र महतोले अनलाइनखबरसँग भने, ‘मधेसको मामिलामा हामी दुई पार्टी एक ठाउँमा आएका छौं । त्यसबाहेकको कुनै ठाउँमा कांग्रेसलाई आवश्यकता होला, कुनै ठाउँमा हामीलाई जरुरत होला । त्यस्ता स्थानमा हामी तालमेल गर्छौं ।’

यससँगै लोकतान्त्रिक गठबन्धनमा राजपा र संघीय फोरमको सहभागिता झण्डै औपचारिकमा मात्र सीमित हुनेछ ।

दुई दलको बलियो पकड प्रदेश २ मा मात्र हो । प्रदेश २ मा प्रतिनिधिसभाको ३२ सिट छ । स्थानीय चुनावमा राजमार्ग क्षेत्रमा एमाले र माओवादी बलियो देखिएका छन् भने केही ठाउँमा तीन ठूला दल नै प्रतिस्पर्धामा छन् । कांग्रेस, राजपा र संघीय फोरमले जितेका धेरै स्थानीय तहमा उनीहरु नै एकअर्काका प्रतिस्पर्धी हुन् ।

यद्यपि प्रदेश ५ र १ का तराई मधेसका भूभागमा राजपा र संघीय फोरमको राम्रै उपस्थिति देखिएको छ ।

कांग्रेसका एक नेता पनि राजपा र संघीय फोरमसँग चुनावी तालमेल गर्न कठीन भएको स्वीकार्छन् । ‘पश्चिम क्षेत्रमा एमाले बलियो देखिएको छ, अरु क्षेत्रमा मात्र उनीहरु देखिएका छन् । कांग्रेसको पनि सिट आउने त्यहीं हो,’ उनले भने, ‘राम्रो तालमेल हुन गाह्रो छ ।’

यसबाहेक कांग्रेस नेतृत्वको गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र विजय गच्छदारको लोकतान्त्रिक फोरम छन् ।

दुवै राजपालाई आफ्नो अस्तित्व जोगाउन पनि वाम वा लोकतान्त्रिकमध्ये कुनै एक गठबन्धनको सहारा आवश्यक छ । किनकि, समानुपातिकमा तीन प्रतिशतसँगै प्रत्यक्षमा एक सिट नजिते राष्ट्रिय पार्टीको हैसियत प्राप्त हुँदैन । तर, लोकतान्त्रिक गठबन्धन गरे पनि दुवै दल धेरै निर्वाचन क्षेत्रमा कांग्रेसको जितका लागि निर्णायक हुने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने