लोकतान्त्रिक विचार राख्ने सबैलाई लोकतान्त्रिक मोर्चामा आबद्ध हुन काँग्रेसको आह्वान

काठमाडौँ, १९ असोज । नेपाली काँग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ ।Congress-tree-flag

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याई संविधान कार्यान्वयन गर्नुपर्ने समयमा लोकतान्त्रिक र वाम ध्रुवीकरण ठीक नभए पनि साम्यवादी दलहरु त्यसतर्फ लागेकाले लोकतान्त्रिक विचार राख्ने दलका बीचमा एकताको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो ।

दलहरु फुट्नुभन्दा जुट्नु राम्रो भए पनि संविधान कार्यान्वयन नहुञ्जेल लोकतान्त्रिक र साम्यवादी विचार राख्ने दलका बीचमा समन्वय हुनुपर्ने विषयमा केन्द्रीय कार्य सम्पादन समितिमा छलफल भइरहेको नेता अर्जुननरसिंह केसीले बताए ।

‘एकदलीय पद्धति ठीक हुन्न भन्ने सोच राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक गठबन्धनमा एकीकृत गर्ने गरी बैठकमा छलफल शुरु भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्न पनि लोकतान्त्रिक मोर्चा अपरिहार्य बनेको छ’, उनले भने ।

बुधबार बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो जसअनुसार बुधबार साँझ नै काँग्रेस, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बैठकले लोकतान्त्रिक मोर्चामा सहभागी हुने निर्णय गरेको थियो ।

दिउँसो ३ बजे पुनः काँग्रेस कार्य सम्पादन समितिको बैठक बसी बेलुकी छ दलीय कार्यदलको बैठक बस्ने जनाइएको छ । यसैगरी बृहत् लोकतान्त्रिक मोर्चा र आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उम्मेदवारी तय गर्ने सम्बन्धमा छलफल गर्न शुक्रबार बिहान ८ बजे काँग्रेस केन्द्रीय कार्य समितिको बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना