प्रदेश र प्रतिनिधिसभा चुनावमा एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्हमा लड्ने

काठमाडौं– स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ ।

नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुन लागेको स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो । 

माओवादी केन्द्र र एमालेबीच पार्टी एकता संयोजक समिति नै गठक भइसकेको छ । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ भने माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित एकता संयोजन समिति बनाएको छ । 

पार्टी एकता प्रक्रिया अगाडि बढाउने निर्णयमा पुगेका दुवै पार्टीबीच सात बुँदे गोप्य सहमति नै भइसकेका एमाले उच्च स्रोतले रातोपाटीलाई बतायो । 
अबको निर्वाचनमै एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरेका छन् । एमालेको चुनाव चिन्ह सूर्य लिएर लड्ने दुई पार्टीबीच सहमति भएको एमालेका एक नेताले बताए । एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय भए पनि कसको चुनाव चिन्ह लिने निर्णय नभएको माओवादी दुई दलबीचको वार्तामा सहभागी एक नेताले बताए । 

स्रोतकाअनुसार एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत दिएर उम्मेदवारी दिने पनि समझदारी भएको छ । दुवै पार्टीमा भएको यो निर्णयलाई एउटा ऐतिहासिक कदम भन्दै पार्टी वृत्तमा चर्चा चलेको छ । काठमाडौं– स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ ।

नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुन लागेको स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो । 

माओवादी केन्द्र र एमालेबीच पार्टी एकता संयोजक समिति नै गठक भइसकेको छ । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ भने माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित एकता संयोजन समिति बनाएको छ । 

पार्टी एकता प्रक्रिया अगाडि बढाउने निर्णयमा पुगेका दुवै पार्टीबीच सात बुँदे गोप्य सहमति नै भइसकेका एमाले उच्च स्रोतले रातोपाटीलाई बतायो । 
अबको निर्वाचनमै एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरेका छन् । एमालेको चुनाव चिन्ह सूर्य लिएर लड्ने दुई पार्टीबीच सहमति भएको एमालेका एक नेताले बताए । एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय भए पनि कसको चुनाव चिन्ह लिने निर्णय नभएको माओवादी दुई दलबीचको वार्तामा सहभागी एक नेताले बताए । 

स्रोतकाअनुसार एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत दिएर उम्मेदवारी दिने पनि समझदारी भएको छ । दुवै पार्टीमा भएको यो निर्णयलाई एउटा ऐतिहासिक कदम भन्दै पार्टी वृत्तमा चर्चा चलेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना