यसरी उम्मेदवार चयन गर्दैछ एमाले

काठमाडौँ, १६ असोज । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) का सबै निर्वाचन क्षेत्रीय कमिटीले नाम सिफारिस प्रक्रिया शुरु गरेका छन् ।

पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज १६ र १७ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक गरी जिल्ला कमिटीमा नाम सिफारिस गर्ने एमालेको कार्यतालिका छ ।

सो पार्टीको यही असोज १० मा बसेको स्थायी कमिटीको बैठकले १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा ती नाम पठाउन र प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिन निर्देश गरेको थियो । ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठकले टुंगो लगाउने जनाइएको छ ।

स्थायी कमिटीको यही असोज १५ गतेको बैठकले अन्य वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिसँग तालमेलसमेत गर्ने निर्णय भएकाले त्यसबारे अन्य दलको प्रतिक्रिया आउन बाँकी रहेको स्थायी कमिटीका सदस्य शंकर पोखरेलले बताए । चुनावी तालमेलबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले आज पदाधिकारी बैठक बोलाएको छ ।

एमाले प्रदेश नं ३ का प्रचार विभाग प्रमुख एवं उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभाका लागि पार्टीको नयाँ संरचनाअनुसार गठित क्षेत्रीय कमिटीले औपचारिक बैठक गरी जिल्लामा नाम पठाउन प्रक्रिया शुरु भएको बताए । उनले तालमेलका विषयमा केन्द्रबाट निर्णय हुने भएकाले हाल क्षेत्र र जिल्लाबाट आवश्यक संख्यामा सबै नाम सिफारिस हुने जानकारी दिए ।

पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार नबनाउने नीति दिएको छ तर विशेष स्थितिमा महिलाको हकमा केही उम्मेदवार दोहोरिन सक्नेछ । उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जनताको मन जित्न सक्ने, लोकप्रिय, संसदीय दृष्टिकोणमा रुचि र ज्ञान भएको, समावेशीता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतका मापदण्ड तय गरिएको छ ।

एमालेले यही असोज २९ गते संघ र प्रदेशको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना