सरकारी ढुकुटी दुरुपयोग आरोपी ट्रम्पका मन्त्रीद्वारा राजीनामा

वासिङ्गटन, १५ असोज । अमेरिकाका स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति ट्रम्प प्रशासनबाट राजीनामा दिने वरिष्ठ मन्त्रीहरुमध्ये उनी पहिलो रहेका छन् । उनको बारेमा सरकारी ढुकुटीको दुरुपोगसम्बन्धी आरोप थियो ।

सरकारी कामकाजको सिलसिलामा यात्रागर्दा निजी क्षेत्रका अति खर्चिला जेट विमानहरु चार्टर गरी बारम्बार राष्ट्रको ढुकुटी दुरुपयोग गरेको भनी उनको ब्यापक आलोचना भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको राजीनामा तत्काल स्वीकृत गरेका छन् । साथै भर्जिनियाका डन जे. राइटलाई उनले कायममुकायम स्वास्थ्यमन्त्रीको रुपमा नियुक्त गरेको एक विज्ञप्तिमार्फत ह्वाइट हाउसका प्रेस सचिवले जनाएका छन् ।

डन जे. राइट स्वास्थ उप–सहायक मन्त्री एवम् रोग नियन्त्रण तथा स्वास्थ्य प्रबर्धन निर्देशनालयका निर्देशकको पदमा कार्यरत थिए ।

मन्त्री पदमा नियुक्त भएपछि गत मे महिनादेखि हालसम्म टम प्राइसले छब्बीस पटक र यस महिनामा एकै हप्ताभित्र पाँच पटकसम्म निजी क्षेत्रका अति खर्चिला जेट विमान चार्टर गरी यात्रा गरेकोमा सबैजसो अमेरिकी सञ्चार माध्यमहरुले तीब्र आलोचना गरेका थिए । एपी

राजनीतिक समाचारहरु सम्प्रेषण गर्ने वेबसाइट, पोलिटिकोका अनुसार प्राइसले आफ्नो यात्रामा मात्र १० लाख अमेरिकी डलर भन्दा बढी सरकारी रकम खर्च गरिसक्नु भएको छ ।

यसमध्ये सेना तथा निजी क्षेत्रका जेट बिमान चार्टर गर्दा राष्ट्रको ढुकुटीबाट चार लाख डलरभन्दा बढी रकम खर्च भएको स्वास्थ तथा मानवीय सेवा मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको आरोपमा सञ्चार माध्यमहरुले उहाँको तीब्र आलोचना गरेपछि प्राइसले नैतिकताको आधारमा राजिनामा दिनु भएको बताइएको छ ।

साथै, निजी क्षेत्रका विमान चार्टर गर्दा लागेको लागत खर्चमध्ये दामासाहीका हिसाबले आफ्नो सीटको अंश, करीब ५२ हजार अमेरिकी डलर बेहोर्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभएको सो मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

प्राइसले आफ्नो यात्राको क्रममा यति धेरै रकम खर्च गराइ सकेकोमा राष्ट्रपति ट्रम्पले आफू निराश बनेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी संसदमा आन्तरिक बजेट समिति (हाउस बजेट कमिटी) को अध्यक्षको कार्यभार सम्हालेको अवधि होस वा स्वास्थ्यमन्त्री पदमा नियुक्त भएपछि होस्, प्राइसले फजूल खर्च गरी सरकारी ढुकुटीको अपब्यय गराएको टिप्पणी हुदै आएको थियो । एपी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना