दशैंका लागि मासु किन्दैहुनुहुन्छ, स्वस्थ्य मासु कसरी छान्ने ?

काठमाडौँ, १० असोज ।  दशैंका लागि खसीबोका किन्दा नै हामीले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन । यस्ता लक्षण खसीबोका बिरामी भएको बेला देखाउने गर्छन् । अहिले काठमाडौं भित्रने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ । सिङमा हरियो रङ पोतिएका खसी बोका स्वस्थ हुन् भने रातो रङ दलिएका खसी बोका अस्वस्थ हुन्छन् । दुई–चार सयको लोभमा अस्वस्थ खसी बोका किनेर ल्याउँदा आफै भोलि बिरामी हुने खतरा बढी रहन्छ । त्यसपछि हामीले खसीबोकाको वध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुरामा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।

masu_2X1h1vhaqDस्वस्थ्य मासु कसरी छान्ने ?
– मासु हलुका गुलाबी रङको हुन नहुने
– मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुने
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुन नहुने
– मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र  चालू फ्रिजमा राखेको हुनुपर्ने
– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु नहुने
– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरीका, तराजु सफा भए नभएको हेर्नु पर्ने

मासु खाँदा ध्यान दिनुपर्ने विषय

–फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो
– बासी तथा खुला स्थानमा राखेको मासु नखाने
– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने
– पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो ।
– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
–विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने
– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

मासु भण्डारण गर्ने तरीका 

मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यम पनि छन्, जुन व्यावसायिक संस्थाहरूमात्र हुन्छन् । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्छ । तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका÷छुट्ट्याइएका परिकार, फलफुल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन ।

दशैंमा ध्यान दिनुपर्ने कुराहरू
– घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
– विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
– सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
– आफन्तकहाँ दैनिक टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने
– मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार नखाने
– दैनिक व्यायाम गर्ने
– आफू स्वस्थ नभएको महसूस भएमा माछामासुको प्रयोग गर्दै नगर्ने
– सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने
– आफूलाई मासुसम्बन्धी भएको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने