आजदेखि उद्योगीले खुला दुध बेच्न नपाइने

काठमाडौं – चाडपर्व नजिकिदै गर्दा दुध तथा दुग्ध जन्य पदार्थमा गुणस्तहीन सामानको विक्रि वितरण भएको गुनासो बढेपछि पशुपंक्षी विकास मन्त्रालयले छड्के अनुगमनमा तीव्रता दिएको छ ।

मन्त्री सन्तकुमार थारुको अगुवाइमा भएको छड्के अनुगमनमा सोमबार  दुध तथा दुग्ध जन्य पदार्थको उत्पादन, प्रशोधन तथा प्याकेजिङ लगायतमा चासो दिएका थिए । उद्योगीहरुले मापदण्ड विपरित खुला प्लाष्टिकमा बेचिने दुधको एकै किसीमको मापदण्ड नपुगेको भन्दै त्यसरी खुला दुध विक्रि वितरण गर्न रोक लगाएका छन् । 

छ्ड्केमा मन्त्री सन्तकुमार डिडिसी, भक्तपुर जुजु धौ, सिताराम दुध  उद्योग, गायत्री दुध उद्योग, पुष्प डेरी, त्यस्तै, सजिबनी डेरी उद्योग आधा दर्जन बढि उद्योगहरुमा पुगेका थिए । प्रायः उद्योगहरुमा उत्पादन प्रशोधन, तथा प्याकेजिङमै हेलचेक्र्याई भएको पाइयो मन्त्री थारुले भने,‘उत्पादनमै अत्यन्त फोहोर हुने सरसफाइमै ध्यान नदिइको पाइयो ।’

‘दुग्ध पदार्थ संकलन प्याकेजिङ स्टोरिङमा उचित मापदण्डको कमि देखिएपछि  शुद्धता÷ गुणस्तरमा ध्यान उलने कडा निर्देशन दिएको बताए । यस्तै, खुला दुध विक्रि वितरण भएको पाइए कसैलाई नछाडिने सबै कारवाहीमा पर्ने समेत मन्त्री थारुले बताए ।

मन्त्रालयले सम्बन्धित विभागले नजिकिदो चाडपर्वसँगै दैनिक अनुगमनलाई पनि तिव्रता दिएको छ । चाडपर्वलाई लक्षित गरी व्यवसायीहरुले बढि नाफा आर्जन गर्न उत्पादनमा गुणस्तर कम गर्ने उचित मापदण्डमा विक्रि वितरण नगर्ने भएकोले अनुगमनलाई साविक भन्दा बढि चासो देखाउनु परेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना