नवजात शिशुमा देखिने खतराका १२ लक्षण र स्याहार गर्ने १२ तरिका

नवजात शिशु स्याहार गर्ने तरिका

503458730Newly-Born-Baby

१. नवशिशु जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा पर्नुपर्छ।

२. नवशिशुको नाभी काट्ने बित्तिकै नाभी मलम लगाउनुपर्छ, अन्य कुनै कुरा लगाउनु हुँदैन।

३. नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ।

४. नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ।

५. नवशिशुलाई २४ घन्टासम्म नुहाउनु हुँदैन।

६. ठूला बच्चाभन्दा नवशिशुहरु चाँडै बिरामी हुने र चाँडै सिकिस्त हुने हुनाले विशेष ध्यान दिनु आवश्यक छ।

७. नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ।

८. नवशिशुलाई २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ।

९. शिशुलाई जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउ पर्छ अन्य कुरा खुवाउनु हुँदैन।

१०. नवशिशुलाई खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ।

११. बच्चा जन्मेको ३५ दिनभित्र अनिवार्य रुपमा जन्म दर्ता गराउनुपर्छ।

१२. सरकारले नवशिशु बिरामी तथा मृत्युदर घटाउन यसै आव २०७२/०७३ देखि निःशुल्क नवशिशु उपचार गर्ने व्यवस्था सबै स्वास्थ्य संस्थामा गरेकोछ।

नवशिशुमा देखिने खतराका लक्षण

१. कम्पन आउने,                                              

२. सास फेर्न गाह्रो हुने/छिटोछिटो सास फेर्नु,

३. धेरै कम तौलको बच्चा हुनु,

४. धेरै ज्वरो आउनु,

५. बच्चाको हातखुट्टा चिसो हुनु,

६. दूध चुस्न नसक्नु,

७. नाइटोबाट रगत वा पिप बग्नु,

८. आँखा र छाला पहेँलो देखिनु,

९. बच्चा सुस्त वा बेहोस हुनु,

१०. जन्मेको २४ घन्टासम्म बच्चाले दिशा-पिसाब नगर्नु,

११. बच्चाको शरीरभरि बिबिरा/ फोका आउनु,

१२. आँखा रातो हुनु, सुनिनु वा पिप बग्नु। आदि।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि