ओली : विकासका नयाँ योजना बनाउन एमाले नै सरकारमा पुग्नुपर्छ

३१ भदौ, बर्दिवास : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताएका छन ।

kp-oli-1महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले शुक्रबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले समृद्धिको नेतृत्व एमालेबाहेक अरू कसैले गर्न नसक्ने ठोकुवा गरे । उनले विकासका नयाँ योजना बनाउन फेरि एमाले नै सरकारमा पुग्नुपर्ने बताए ।

एक वर्षअघि आफू प्रधानमन्त्री छँदा बजेट नै विनियोजन गरिएका मधेशका विकास योजना आफ्नो सरकार ढालिएसँगै ढलेको ओलीको भनाइ थियो ।

मधेशमा एमाले र आफूविरुद्ध भ्रम फैलाएर केही शक्ति दुनो सोझ्याउन लागि परे पनि मधेशी जनताले भ्रम फैलाउनेको खेल बुझिसकेको अध्यक्ष ओलीले बताए । “मेराविरुद्ध झुठ प्रचारको मधेशमा जेहाद नै छेडिएको छ”, ओलीले भने, “तर मधेश र मधेशीको समृद्धिका लागि एमालेबाहेक कसैले चूँसम्म बोलेका छैनन् ।”

चुनावीसभालाई एमाले केन्द्रीय सदस्य तथा सांसद रामदयाल मण्डल र गणेश पहाडी एवं केन्द्रीय सदस्य देवशंकर पौडेल, युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्र तामाङ र विद्यार्थी नेता दीपक गौतम लगायतले सम्बोधन गरे । एमालेका बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न चुनावीसभामा गायक बद्री पँगेनी, प्रिया भण्डारी र नायिका वर्षा राउतसहितका कलाकारले गीत–संगीत प्रस्तुत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने