महानगरले खर्च गर्न सकेन १ अर्ब १३ करोड

काठमाडौं महानगरपालिकाको राजस्व बढेको छ । राजस्व बढे पनि खर्च भने भएको छैन । गत आर्थिक वर्षमा महानगरले १ अर्ब १३ करोड रुपैया खर्च गर्न सकेन । आजको कान्तिपुरमा खबर छ ।

2

महानगरले विभिन्न २१ वटा बजेट शिर्षकमा राजस्व उठाउँदै आएको छ । महानगरले मालपोत, सम्पत्ति बहाल, सवारी, मनोरन्जन, व्यवसायिक भिडियो प्रदर्शनी, विज्ञापन, व्यवसाय लगायतका क्षेत्रमा कर संकलन गर्ने गर्छ । 

त्यसैगरी एफएम स्टुडियो, लगानी, साधारण दस्तुर, बिक्री, दण्ड जरिवाना, सरकारी अनुदान, महानगरको सम्पत्तिबाट हुने आम्दानी तथा विविध विषयमा लाग्ने शुल्क महानगरका मुख्य आम्दानीका श्रोत हुन् । 

गत आर्थिक वर्षमा महानगरमा १० अर्ब ७८ करोड  ५९ लाख ७ हजार ४ सय ३५ रुपैया आम्दानी भएको थियो । यो अनुमानित आयभन्दा ३ अर्ब ८६ करोड ३ लाख २५ हजार ४ सय ३५ रुपैया बढी हो । 

आन्तरिक राजस्वमात्रै २ अर्ब ८३ करोड २२ लाख १९ हजार रुपैया उठेको छ । बाह्य स्रोतबाट ६ अर्ब ९८ करोड ७० लाख ४ हजार उठेको महानगरको राजस्व विभागले जानकारी दिएको छ । आन्तरिक पनि अनुमानित आयभन्दा बढेको छ । अनुमानित आन्तरिक आय २ अर्ब २५ करोड, ६६ लाख, ८७ हजार रुपैया थियो । ‘अनुमानित भन्दा बढी राजस्व उठाउन सफल भयौं,’ महानगर राजस्व महाशाखा प्रमुख धु्रब काफ्ले भन्छन् । 

उनका अनुसार मालपोत करबाट आम्दानी बढेको छ । गत वर्ष ५९ करोड ८९ लाख २ हजार रुपैया उठेकोमा यो वर्ष ६३ करोड, ५६ लाख २२ हजार २ सय ६७ रुपैया संकलन भएको छ । सम्पत्ति बहाल करबाट १५ करोड २५ लाख ८९ हजार २८ रुपैया उठाएको छ । 

महानगरले हाल बहाल कर १२ प्रतिशत बनाएको छ । गत वर्ष २ प्रतिशत महानगर र बाँकी १० प्रतिशत आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएका थिए । स्थानीय निकायको एकल अधिकार अन्तरगत बहाल कर पनि उठाउन पाउने व्यवस्था भएपछि आन्तरिक राजस्व कार्यालयले उठाउदै आएको १० प्रतिशत पनि महानगरले नै उठाउन थालको हो । राजस्व कार्यालयले पनि उठाउन नछाडेपछि करदाता भने दोहोरो करको मारमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०