ओली : हामीलाई मधेश विरोधी भन्नेले के गरे मधेशमा ?

३० भदौ, बारा : नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले देश बनाउने उद्वेश्य एमालेसंग मात्र भएकोले एमालेमा मतदान गर्न सबैसंग आग्रह गरेका छन् । ओलीले एमालेको पक्षमा मतदान गरेर आफ्नो नगर, गाउँ र वडालाई समृद्ध बनाउने अभियानमा सहभागी हुन आग्रह गरे ।

kp-olii

बाराको सिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु पार्टीहरुले झुठको खेती गर्दै हिडेको तर एमालेले देश बनाउने उद्वेश्य लिएर अगाडी बढेकोले एमालेलाई विजयी बनाउन आग्रह गरेका हुन् ।

प्राकृतीक श्रोतको धनि नेपाललाई जात, भाषा र धर्मको नाममा गरीब बनाईएको बताउदै उनले जलश्रोत, फलाम, तामा र युरेनियमको खानिले भरीएको देशलाई झुटको खेती गरेर गरीब बनाउने काम अन्य दलले गरेको आरोप समेत लगाए । एमालेलाई मधेस बिरोधी भनेर प्रचार गर्नेले मधेसका लागि केही पनि काम नगरेको भन्दै ओलीले भ्रमको खेती गरेर राजनीति गर्नुको कुनै अर्थ नरहेको बताए ।

जनतालाई झुक्याएर राजनिति गर्ने पक्षमा एमाले नरहेको भन्दै नेता ओलीले काम गरेर जनतालाई खुशी राख्नेतर्फ एमाले केन्द्रित हुने बताए ।

आफूलाई मधेश बिरोधी भएको भ्रम फैलाउदै हिड्नेहरुलाई मधेसको लागि गरेका एउटा पनि काम देखाउन प्रश्न गर्दै ओलीले नेपालमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको काम एमालेको सरकारकै पालामा शुरु भएको बताए ।

अध्यक्ष ओलीले बारामा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टांगीया बस्तिको उचित ब्यवस्थापनको जिम्मा समेत एमालेले लिने दबी गर्दै एमालेको सरकार भएको बेला २० हजार गरीबका लागि घर बनाएर दिने याोजना समेत अहिलेको सरकारले लागु गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने