काठमाडौं, ३० भदौ : नेपाल प्रहरीमा सत्तारूढ र प्रतिपक्षको हस्तक्षेप सतहसम्म आएको छ । सत्तारूढ कांग्रेस–माओवादीले प्रहरी महानिरीक्षक प्रकाश अर्याल, आयुक्त जयबहादुर चन्दलाई बोकेर महानिरीक्षकको दाबेदारी गरेका नवराज सिलवाललाई लत्याएको थियो ।
यसैगरी सिलवाललाई प्रतिपक्षी दल नेकपा एमालेले बोकेर हिँडेको छ । प्रहरी संगठनभित्रका प्रतिपक्षी देखिएका सिलवाललाई प्रहरी सेवामा दबाबमा राखेपनि उनलाई राजनीतिक जिम्मेबारी दिएरै भएपनि सुरक्षा अंगको प्रमुख निकायमा पुराउने तयारी एमालेले गरेको छ ।
सिलवालले डिआइजी पदबाट राजीनामा दिएका छन् तर, उनको राजीनामा स्वीकृत भइसकेको छैन । २ नम्बर प्रदेशको चुनावी सुरक्षामा रहेका प्रहरी महानिरीक्षक अर्यालले उनको राजीनामा स्वीकृत गर्नेछन् । वैधानिक प्रक्रिया अघि नै सिलवालले आफू प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै विज्ञप्ति जारी गरेका थिए ।
लामो समय अदालतमा अड्किएको प्रहरी महानिरिक्षक प्रकरणमा सर्वोच्च अदालतबाट सरकारको निर्णयविरूद्ध डिआइजी नवराज सिलवालले दिएको रिट खारेजपछि नयाँ अभ्यास सुरू भएका छन् । सिलवाल प्रमुख प्रतिपक्षी एमालेमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेका छन् ।उनी एमालेका विभिन्न नेतासँग सँधै सम्पर्कमा छन् भने अध्यक्ष केपी शर्मा ओलीसँग भेट समेत गरिसकेका छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने