श्रेष्ठ नेपाल विद्युत् प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेण्ट इन्जिनियरका रूपमा २०३६ सालमा नियुक्ति भई बढुवा सरुवा भई महाप्रबन्धक र प्राधिकरणको कामु कार्यकारी निर्देशक भर्इ २०७० सालमा सेवा निबृत्त भएका थिए । श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहदा मर्यादा विपरीतका कार्य गरी स्रोत पुष्टि हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।
उनको आय व्ययको विवरण र आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्बन्धमा तथ्य प्रमाणहरुलाई छानबिन एवं विश्लेषण गरी हेर्दा श्रेष्ठले आय आर्जन गरेको वैध आयको तुलनामा दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे बराबरको सम्पत्ति आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनीरुपबाट आर्जन गरेको पुष्टि हुन आएको हुँदा निजलाई बिगो रु दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजाय हुन साथै निज नेपाल विद्युत् प्राधिकरणको महाप्रबन्धक पदमा रही अवकाश प्राप्त गरेको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४ (क) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप कैद सजाय हुन मागदावी लिई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यस्तै उनले भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्तिहरू श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्र लाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा लुकाएर राखेको पाइएकोले जफत गर्न माग समेत आरोपपत्रमार्फत गरिएको छ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना