गान्धी तुलसी महागुठीको अर्बौको सम्पति हत्याउन भूमाफियाको चलखेल

काठमाडौं । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी नेपाल नामक सामाजिक संस्थालाई राजनीतिक दलका नेता÷कार्यकर्ता र भूमाफियाको समूहले अनेक हत्कण्डा अपनाएर कब्जा गर्न खोजेको रहस्य खुलेको छ । बिधिवत ढंगले चलिरहेको संस्थालाई कब्जामा लिएर संस्थाको चलअचल सम्पती हत्याउने प्रयासपछि महागुठी धरासायी बनेको र अदालतमा मुद्धा समेत चलिरहेको छ । संस्थाको साधारण सदस्य समेत नरहेका ब्यक्तिलाई बिधानविपरित मुख्य गुठियारमा लगिएपछि चलखेल सुरु भएको समाज कल्याण परिषदको छानविन समितिकोे प्रतिवेदनमा उल्लेख छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौं र समाजकल्याण परिषदमा २०३५ साल चैत १३ गते महागुठी दर्ता भएको थियो । संस्था दर्ता ऐन आउनुपूर्व नै यो संस्था स्थापना भइ सामाजिक कार्य गर्दै आइरहेको थियो । तर, २०७० सालपछि यो संस्थामा भाँडभैलो शूरु भएको संस्थाका पदाधिकारीहरु बताँउछन् । २०७१ साल जेठ २० गते महागुठीकी मुख्य गुठियार महालक्ष्मी श्रेष्ठले संस्थामा अनियमितता भएको, संस्थाको सम्पतिको संरक्षणका लागि आवश्यक कारबाही गरिपाँउ भनि महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीलाई निवेदन दिइन् । त्यसपछि परिषदले २०७१ कार्तिक ३ गते २ सदस्यीय छानबिन टोली गठन गरेको थियो । टोलीले छानविनका क्रममा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीमा आर्थिक हिनामिना भएको, अबैध ढंगले कार्यसमिति बनाइएको तथ्य औल्यायो । अरबौं रुपैयाँ रहेको महागुठी सिध्याउन माओवादी केन्द्रका नेता नारायण दाहालदेखि संस्थाको कार्यसमितिमा अबैध ढंगबाट पुगेका ब्यक्ति रिता थापा उदयमोहन श्रेष्ठ, सुनिल चित्रकार लगायतको टोली सुनियोजित ढंगले क्रियाशिल रहेको  स्रोतको भनाई छ ।  

यस्तो छ महागुठी सिध्याउने खेल 
समाजसेवी स्व।तुलसीमेयर श्रेष्ठले नेपालीलाई सीप सिकाएर आत्मनिर्भर बनाँउने उद्धेश्य राखेर महागुठीको स्थापना गरेका थिए । यो संस्था २०३५ साल चैतमा समाजकल्याण परिषद र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । तर, संस्थामा पछिल्लो समय भाँडभैलो मच्चिएको छ । २०७० फागुनदेखि अबैधानिक ढंगबाट छिरेका ब्यक्तिहरुले संस्थामाथि ब्रम्हलुट मच्चाँउदै आएको स्रोतको भनाई छ । २०७० साल फागुन २३ गते बसेको संस्थाको साधारणसभामा बिधानविपरित योग्यता नपुगेका ब्यक्तिहरु संस्थाको अध्यक्ष, मुख्य गुठियार, कार्यसमिति सदस्य र पदाधिकारी बनाएको समाज कल्याण परिषदको छानविन समितिले नै उल्लेख गरेको छ । अबैध प्रक्रियाबाट संस्थाको जिम्मेवार पदमा  साधारण सदस्य समेत नरहेका ब्यक्तिलाई ल्याइएपछि बिरोध गर्ने मुख्य गुठियार र अन्य पदाधिकारीलाई हुलहुज्जत गरेर आधारबिनै हटाउने काम भयो । बिधान बिपरित हुलहुज्जत गरी संस्थामा साधारण सदस्य समेत नरहेको ब्यक्तिलाई पदाधिकारी बनाएको, संस्थाको सम्पतिको ब्यापक दुरुपयोग भएको, संस्थाको भौतिक सम्पति र संरचनाको दुरुपयोग गरि सुनिल चित्रकार लगायतले महागुठी नेपाल नामको छुट्टै संस्था खोली संस्थासँग सम्बन्धित देखाई ब्यापार कारोबार गरी गैरकानुनी रुपमा लाभ लिई संस्थालाई बदनाम बनाएको, संस्थाको सम्पति कम्पनीलाई ऋणमा दिने ब्यवस्था गरे रकम हिनामिना गर्न खोजेको, नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी अन्र्तगत रहेको परियोजना क्राफ्ट विथ कन्साइन्सका सरसमामा संस्थाको अधिकारको भएको हुँदा पछि खडा गरिएको महागुठी क्राफ्ट विथ कन्साईन्स कम्पनीको कार्यालय सतुङ्गलमा सार्न लागेको भन्दै समाज कल्याण परिषदमा संस्थाकै असन्तुष्ट समुहले निवेदन समेत दिएको थियो । 

परियोजना बन्द : परियोजनाकै नाममा कम्पनी 
महागुठी दोहनका लागि राम्रोसँग संचालन भइरहेको परियोजना बन्द गरेर सोही नामबाट कम्पनी खोलिएको स्रोतको भनाई छ । कम्पनीमा परियोजनाकै सामान प्रयोग गरेको र कम्पनीका पदाधिकारीले महागुठी तथा कम्पनी दुबैतिरबाट दोहोरो आर्थिक लाभ लिने गरेका थिए । परियोजनाका अध्यक्ष बनेका उदयमोहन श्रेष्ठ परियोजना बन्द गरेर नयाँ कम्पनीको समेत अध्यक्ष बनेका थिए । संस्थाबाट हुने गरेको कारोबार कम्पनीबाट गर्न शुरु गरेका थिए । महागुठीले संचालन गरेको परियोजना कार्यालयको सामान समेत छानविन समितिलाई हेर्न नदिई ताला लगाइएको कोठाभित्र रहेको र साँचो भएको कर्मचारी बिदामा बसेको भनिएको समाज कल्याण परिषदले गठन गरेको छानविन टोलीले प्रतिबेदनमा औंल्याएको छ । चलिरहेको परियोजना बन्द गरेर कम्पनीको रुपमा सन्चालन गरी पदाधिकारीले दोहोरो फाइदा उठाँउदै आएका थिए । संस्थाले संचालन गरेको महागुठी क्राफ्ट वीथ अ कन्साइन्स नामको परियोजना विघटन गरी सोही नामबाट आफ्ना अनुकुलका ब्यक्तिहरुको नाममा कम्पनी खडा गरी अनियमित एवं गैरकानुनी रुपले संस्थाको सम्पति उक्त कम्पनीमा हस्तान्तरण गर्ने सम्मको प्रावधान राखी संस्था डुबाउने बाटो खोलेर संस्थालाई धरासायी बनाइएको स्रोतले रातोपाटीलाई जानकारी दियो । यसरी संस्था डुबाउने खेलमा उदयमोहन श्रेष्ठ, सुनिल चित्रकार, रिता थापा र पछिल्लो समय माओवादी केन्द्रका नेता नारायण दाहाल समेत जोडिन आइपुगेको स्रोतको दावी छ ।

बिधान विपरितको कार्यसमिति 
नेपाल चर्खा प्रचारक गाँन्धी तुलसी स्मारक महागुठी नेपालको बिधानमा संस्थाको गुठियार हुनका लागि संस्थाको साधारण सदस्य हुनुपर्ने ब्यवस्था छ तर २०७० फागुन २३ गते बसेको संस्थाको साधारण सभाको निर्णय नं। १ ले मुख्य गुठियारमा उदय मोहन श्रेष्ठ, श्रीमती रामबदन जोशी र श्रीमती रिता थापाको मनोनयनलाई सदर र समर्थन ग¥यो भनि निर्णय गरेको थियो । 

मुख्य गुठियार हुनका लागि बिधानको दफा ५ को उपदफा २ को खण्ड ख मा उल्लेखित ब्यवस्था अनुसार हुनुपर्नेमा साधारण सदस्य गुठियार नै नभएको रिता थापालाई मुख्य गुठियारमा नियुक्ती गरेको समाज कल्याण परिषदको छानविन समितिले नै औंल्याएको छ ।

सोही साधारण सभामा विधानको दफा ३२, ३३ र ३४ बमोजिम निर्वाचन आधिकृतको मनोनयन गरी प्रजातान्त्रिक पद्धती अनुसार निर्वाचन गर्नुपर्ने ब्यवस्था रहेकोमा निर्वाचन अधिकृत मनोनयन नगरेको, उक्त दिनको साधारमा सभामा उपस्थित नै नभएको कृष्णनाथ घिमिरेलाई नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको  र पछि निजलाई महासचिवको जिम्मेवारी समेत तोकिएको थियो । सस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भई सञ्चालनमा रहेको नेपाल चर्खा प्रचारक गान्धि तुलसी स्मारक महागुठी नामक संस्था अन्र्तगत २०५३ चैत १३ देखि महागुठी क्याफ्ट विथ अ कन्साईन्स परियोजना स्थापना भएको थियो । महिलाहरुको हस्तकला सम्बन्धी सामानको उत्पादन तथा बिक्री प्रर्वद्धन गर्ने यो परियोजना अघि बढेको थियो । परियोजनाले महिलाहरुलाई हस्तकलाको तालिम दिँदै उत्पादित हस्तकलाका सामानहरु पनि बिदेश निर्यात गर्दैै आएको थियो । यसरी राम्रोसँग चलिरहेको परियोजनालाई ध्वस्त पार्न कार्यसमितिको निर्णय अनुसार २०६७ चैत ९ गतेबाट मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गरियो । परियोजनाको सम्पूर्ण सम्पक्ती २०६८ साल माघ १० गते उत्त कम्पनीले प्रयोग गरी सोही कम्पनीको नाफा आर्जनबाट गरेको देखाइएको समाजकल्याण परिषदको छानविन टोलीले ठहर गरेको छ । 

सम्पति हत्याउने दुस्प्रयास
समाजकल्याण परिषदले गरेको छानविनका आधारमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मृती महागुठीमा कार्यरत पदाधिकारीहरुमध्ये अध्यक्ष उदयमोहन श्रेष्ठ, उपाध्यक्ष कृष्ण मुरारी तिमिल्सिना कोषाध्यक्ष श्रीमती सरस्वती जोशी र मुख्य गुठियारमा मनोनयन भएको भनिएकी श्रीमती रिता थापाले महागुठीको नाममा रहेका अर्बौ रुपैयाँको सम्पती तथा जायजेथा कम्पनीको नाममा हस्तान्तरण गर्न खोजेका थिए । उनीहरुसहित महागुठी समेत संचालक सदस्य रहने व्यवस्थासहित स्थापना गरेको महागुठी क्याफ्ट विथ कन्साईन्स कम्पनी दर्ता गरेका थिए । कम्पनीको प्रवन्ध पत्रको दफा १३ को उपदफा २ मा कम्पनीले कारोबार शूरु गर्दाको अवस्थामा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीसँग आवश्यक सम्पति, जायजेथा र प्राविधिक सहयोग प्राप्त गर्नेछ भनी उल्लेख गरी संस्थाको सम्पति सुनियोजित तरिकाबाट कार्यसमितिका वर्तमान तथा निवर्तमान पदाधिकारीबाट कम्पनीमा हस्तान्तरण प्रक्रिया शूरु गरेका थिए । 

२०६६ चैत २८ गते कार्यसमितिको बैठक बोलाई संयोजक बनेका उदयमोहन श्रेष्ठले बैठकमा प्रस्तुत महागुठी क्राफ्ट वीथ अ कन्सायन्स परियोजनालाई लिमिटेड कम्पनीको रुपमा रुपान्तरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने निर्णय ग¥यो । यसलाई तत्कालीन कार्यसमितिका पदाधिकारीहरु डा। टिकामान बैद्य अध्यक्ष, उदयमोहन श्रेष्ठ र बिष्णुप्रसाद दुलाल उपाध्यक्ष, महालक्ष्मी श्रेष्ठ महासचिव लगायतका पदाधिकारीहरुले माइन्युटमा हस्ताक्षर गरेका थिए । 

२०६७ चैत ९ गते अर्को बर्ष परियोजनालाई कम्पनीमा दर्ता गरी सो कम्पनीमा रीता थापा  अध्यक्ष र उदयमोहन श्रेष्ठ संयोजक बने । उनीहरुले २०६८ साल माघ १५ गते महागुठी क्राफ्ट वीथ अ कन्साइन्स परियोजनालाई कम्पनी बनाइसकेपछि संस्थाको परियोजनाको नाममा रहेको सम्पूर्ण चल अचल सम्पति तथा दायित्वहरु महागुठीमा हस्तान्तरण गर्ने र परियोजनाको सञ्चालनक समितिको बिघटन र परियोजनाको अन्त्य गरी सम्पति तथा दायित्व महागुठीले लिने निर्णय गरिएको र सोही दिन बसेको संस्थाको कार्यसमितिको बैठकले परियोजनामा रहेको सम्पूर्ण चल अचल सम्पति तथा दायित्वहरुलाई कम्पनीलाई अनुदान स्वरुप हस्तान्तरण गरिएको भनि निर्णय गरे । तर बिधिवत रुपमा परियोजना विगठन भने नगरिएको समाज कल्याण परिषदको छानविन कमिटीले औंल्याएको छ । यसरी महागुठीको सम्पति कम्पनीमा सारेर महागुठीको सम्पति कम्पनी हुँदै ब्यक्तिमा सार्ने सुनियोजित खेल भएको स्रोतको भनाई छ । 

साथै परियोजनामा अन्र्तगत रहेका ६६ कर्मचारीलाई सुविधा सहितको स्वेच्छिक अवकास गराई परियोजनाबाट पदमुक्त गराई सोही नामबाट खोलिएको कम्पनीमा नियुक्ति दिएका थिए । संचालकहरुले सुनियोजित रुपमा परियोजना ध्वस्त पारेर कम्पनी खडा गरेको बुझेपछि कर्मचारीहरुले आन्दोलन गर्दै पुनः परियोजना सञ्चालन गर्नुपर्ने भन्दै समाज कल्याण परिषदमा ज्ञापन पत्र बुझाएका थिए । हालसम्म पनि कम्पनीले महागुठी अन्र्तगत सञ्चालित भनेर ब्यापार ब्यवसाय गर्दै आएको छ । 

परियोजनाको करोडौैं सम्पति अनधिकृत रुपमा कम्पनीमा 
परियोजनाको कार्यकारी निर्देशक रहेका सुनिल चित्रकार ६३ सालमा कम्पनी दर्तापछि पनि कम्पनीको सदस्य तथा प्रवन्ध सञ्चालक भएर काम गरे । परियोजना विगठन भइसकेपछि तिनै चित्रकार सोही नामबाट सञ्चालित कम्पनीको कार्यकारी निर्देशक बने । समाजकल्याण परिषदले बनाएको छानविन टोलीले चित्रकारसँग परियोजना छँदाको परियोजनाको हिसाव किताव माग्दा दिनसमेत अटेर गरेका थिए । साथै परियोजनाको चल सम्पत्ति, भौतिक सामाग्री अनाधिकृत रुपमा कम्पनीले भोग चलन गरेको र संस्थाको गुडवील तथा लोगोको समेत दूरुपयोग गरेको निष्कर्ष  निकालेको थियो । छानविन टोलीले आयोजनाको सम्पति विवरण र माइन्युट बुकको प्रतिलिपी माग गर्दा समेत चित्रकारले अटेर गरेर दिएनन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने