September 9, 2017

शताब्दिकै ठूलो भूकम्पमा परी  मेक्सिकोमाज्यान गुमाउनेको संख्या ६१ पुग्यो

एजेन्सी, भदौ २४, 

 

बीबीसी

मेक्सिकोका अधिकारीका अनुसार मेक्सिकोको दक्षिणी समुन्द्री तटमा शुक्रबार आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढेर ६१ पुगेको छ ।मेक्सिकाका राष्ट्रपति इन्रिके पेना नियेटोले दक्षिणी समुन्द्री तटमा यो शताब्दिकै सबैभन्दा शक्तिशाली झट्का भएको बताएका छन् ।

भूकम्पले नराम्रोसँग प्रभावित टेबेस्को, वहाका र चियापसमा राहत कार्य जारी भइरहेको बताइएको छ ।थुप्रै स्थानमा मानिसहरु भग्नावशेषमा पुरिएको हुनसक्ने आशंका गरिएको छ ।राष्ट्रपतिका अनुसार भूकम्पका कारण कम्तीमा पनि दुई सयजना घाइते भएका छन् ।नेशनल इमर्जेन्सी कमिटीका प्रमुख लुई फिलिपे पुएन्टेले ट्वीटरमा भने, ‘नेशनल इमर्जेन्सी कमिटी सात सेप्टेम्बरको भूकम्पका कारण मृत्यु हुनेको संख्या ५८ रहेको भनी जानकारी दिइरहेको छ ।’

अधिकारीका अनुसार वहाकामा ४५ जनाको मृत्यु भएको छ भने चियापसमा १० । यस्तैगरी, टेबेस्कोमा तीनजनाको मृत्यु भएको छ ।वहाकामा भूकम्पबाट सबैभन्दा प्रभावित शहर खुचिटानकी मेयर ग्लोरिया सांचेजले भनिन्, ‘खुचिटानमा स्थिती निकै नाजुक छ । इतिहासममा यस्तो स्थिती कहिले पनि देखिएको थिएन ।’यस्तै, ग्वाटेमालामा त्यहाँका राष्ट्रपतिका अनुसार भूकम्पका कारण कम्तीमा पनि एकको मृत्यु भएको छ ।राष्ट्रपति पेना नियेटोले करिब पाँच करोड जनताले भूकम्पको झट्का महसुस गरेका छन् र मृतकको संख्यामा वृद्धि हुनसक्ने आशंका व्यक्त गरेका छन् ।अमेरिकी भूवैज्ञानिकका अनुसार भूकम्पको केन्द्र पिजिजियापन शहरको दक्षिण–पश्चिममा ८५ किलोमिटर टाढा र जमिनबाट ७० किलोमिटर गहिराइमा थियो ।मेक्सिकोका साथै गुआटेमाला, अल सल्वाडोर, कोस्टा रिका, निकारागुआ, पनामा र होन्डेरासमा सुनामीको चेतावनी जारी गरिएको थियो जसलाई पछि फिर्ता लिइयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘संसद विघटन नगरेको भए प्रचण्डले एमाले कब्जा गर्थे, हामीसँग अरु धेरै सूचना थिए’:विष्णु रिमाल

पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन  २०७८

अब शेरबहादुर देउवाको पनि ओलीको जस्तै हालत हुन्छ : चित्रबहादुर केसी

    ५ पुष २०७८, सोमबार  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपाली जनताले

‘विवेकशील साझा सेलिब्रेटीको लहडमा निर्माण भएको पार्टी हैन’

केशव दाहाल- नेता, विवेकशील साझा पार्टी २०७८ भदौ २,राजनीतिको नयाँ बाटो बनाउन हिंडेका अभियन्ताहरू पछिल्लो

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं,पुस २९, नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : नेता रिमाल

काठमाडौँ, ७ मङ्सिर: लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि

“कालिञ्चोक केबुलकार बिकासको आधार”:अशोक सिवाकोटी

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोकमा, कालिञ्चोक दर्शन लिमिटेडले केबुलकार सञ्चालन गर्दैछ । व्यवसायीक