नेताका आनीबानी: देउवा मदिरा पिउने, ओली हारमोनियम बजाउने, प्रचण्ड एकाविहानै टिटि खेल्ने

काठमाडौं,– जोन किट्सले भने जस्तै सुनिएका संगीत समाजको गर्भबाट पैदा हुने हो । त्यस्तै नेतापनि जनताको गर्भबाटै पैदा हुने हुन् । आधुनिक मान्यता अनुसार नेता जनताको प्रतिनिधि हुन् । अझै सामान्य अर्थमा भन्ने हो भने जसले समाजको नेतृत्व गर्छ उही नेता हो । नेपाली राजनीतिका शीर्ष भनिएका पर्दा अगाडिका नेताहरु नेपाली सामाजका उत्पादन हुन् । ती नेताको जीवन पद्धतिको बारेमा सबैलाई चासो हुने गर्छ । अन्ततः आम मानिस जस्तै उनीहरु पनि सामान्य मानिस नै हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा सहित शीर्ष नेताको आनीबानी यस्तो छ ।

शेरबहादुर देउवा , प्रधानमन्त्री


नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बेलुका साढे १० बजेदेखि विहान सात बजे सम्म सुत्छन् । २४ घण्टाको एक दिनमा देउवा ९ घण्टा सुतेरै विताउँछन् । बेलुका १० बजे सम्म देउवा टिभी हेरेर विताउँछन् । विहान सात बजे उठेपछि चिया नास्ता खाने गर्छन् र विहान पत्रपत्रिका पढ्ने गर्छन् । उनको रुचीको विषय अध्ययन हो । उनको पार्टी सदस्य र घर परिवारसंगको व्यबहार छुट्टाछुट्टै हुने गर्छ । उनको नीजि सचिवालयका अनुसार परिवारका सदस्यहरुलाई देउवासँग भेट्न नपाएको गुनासो छैन । नीजि सचिवालयलाई पारिवारीक व्यवहार गर्छन् देउवा । देउवाले आफू अनुकुल राजनीतिक निर्णय हुँदा हँसिलो भाव देखाउने गरेको उनका स्वकिय सचिव भानु देउवा बताउँछन् । ८ बर्ष अघिदेखि उनले चुरोट पिउन छोडेका छन् । तर, मदिरा पिउने बानी भने हटेको छैन । उनी नुन त्यति खादैनन् । हरियो सागपात उनी बढि रुचाउँछन् । धेरै मात्रामा राष्ट्रिय पोसाक ‘दौरा सुरुवाल’ देउवाको रुचीको पोसाक हो ।

प्रचण्ड, अध्यक्ष, माओवादी केन्द्र


बेलुका १० बजे सुत्ने प्रचण्डको बानी छ । ५ बजे उठीसक्छन् उनी । त्यसपछि साइक्लीङ गर्ने तथा एक्सरसाइज गर्ने गर्छन् । टेबल टेनिस खेल्ने उनको नियमित तालिकामा पर्छ । टेबल टेनिस खेलेपश्चात नास्ता खाने र भेटघाट गर्छन् प्रचण्ड । फुर्सद भयो भने पुस्तक पढ्ने गर्छन् । सुगरले गर्दा गुलियो खान मिल्दैन । उनलाई माछाको परिकार मनपर्छ । त्यसपछि खानामा साग उनलाई मन पर्ने । स–सानो कुरामा भावुक र चिन्तित बन्ने गर्छन् । नीजि सचिवालयसंग साहार्दपुर्ण व्यहाबहार गर्ने गर्छन् । सबैलाई पारिवारीक व्यबहार गर्ने गरेको उनी निकट परिवारिक सदस्य बताउँछन् । उनका निकट सदस्यका अनुसार अहिले प्रचण्डले मदिरा पिउन छाडेका छन् ।

केपी ओली, एमाले अध्यक्ष


एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली विहान ५ बजे उठ्छन् र फीजीयोथेरापी गर्छन् । त्यसपछि एकसरो रुपमा विहान पत्रपत्रिका पढ्छन् । उनी साँझमा किताव पढ्छन् । संगीतको धूनमा बच्चाहरुलाई नचाउने सोख राख्छन् । पारिवारीक व्यावहार गर्ने र खुलस्त नेताको रुपमा परिचित छन् ओली । कार्यकर्तालाई पारिवारीक सदस्य सरह व्यबहार गर्ने गर्छन् । उनी टापटिपे छैनन् । उनको भाषीक शैलीमा उतारचढाव आइरहन्छ । कपडा यो नै मन पर्छ भन्ने छैन ओलीको । मृगौला ट्रान्सप्लान्ट गरेका कारण उनले इमिनो सस्प्रेस्यान्ट नामक औषधी सेवन गर्छन् । जसले गर्दा उनलाई बेला बेला उत्तेजक बनाउने गरेको छ ।

बाबुराम भट्टराई, संयोजक नयाँ शक्ति नेपाल

एका बिहानै घरमा याे गर्दै बाबुराम भट्टरार्इ



बाबुराम राति १२ बजे सम्म अध्ययन गरेर बस्छन् । त्यसपछि उनी विहान ५ बजे उठीसकेका हुनेछन् । उठेपछि बाबुराम योगा गर्छन् । त्यसपछि उनी रेडियो सुन्ने, पत्रपत्रिका पढ्ने कहिलेकाँहि ब्याटमिन्टन खेल्ने गर्छन् । बाबुराम ट्रेडमिलमा पनि कुद्छन् । उनी सबैलाई पारिवारीक व्यावहार गर्ने नेतामा पर्छन् । ‘हामीलाई आफ्नै परिवारमा भएको जस्तो अनुभूति हुन्छ । उनका स्वकिय सचिव विश्वदिप पाण्डेले भने ‘ रिसाएको थाहा छैन ।’ बाबुराम जाँड रक्सी चुरोट केहि पनि खादैनन् । तातोपानी चिसो बनाएर खाने उनको बानी छ । सुख्खा रोटी तितेकरेला, राज्मा दाल ब्राउन राईस भट्टराईको मनपर्ने परिकारहरु हुन् । उनी धेरै जनतालाई भेट्न चहाने र गाउँ जान रुचाउने नेता हुन् ।

माधव नेपाल, बरिष्ठ नेता,एमाले


एमाले बरिष्ठ नेता माधव नेपाल पनि अन्य नेता जस्तै ५ बजे उठिसक्छन् । अबेर राती १२ बजेपछि मात्रै उनी सुत्ने गर्छन् । बेलुका ९ बजेबाट राति १२ बजे सम्म अध्ययन गर्ने उनको बानी छ । विहान उठेपछि अध्ययन नै उनको रुची हो । फोटोग्राफी औधी मनपराउने उनी पनि आफ्नो नीजि सचिवालयलाई पारिवारीक व्यबहार गर्ने गर्छन् । उनको नाता गोताको भेट्न पाइएन भन्ने गुनासो अत्यन्त आउने गरेको उनका स्वकिय सचिव मोहन गौतमले बताए । उनी चुरोट खैनी जस्ता कुनै पनि अम्मल खादैनन् । मधेशमा हुर्केका नेपाल रोटी खान मन पराउँछन् । खसीको मासु उनी खान्नन् । लुगाको मिलाएर लगाउने नेपाल ‘सिम्पल’ कोटमा नै उनी जहाँ पनि पुग्ने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८