प्रदेश र संसदको चुनावका लागि ९६ दलले चुनाव चिन्ह पाए (सूचीसहित)

 

२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि ९६ दललाई चुनाव चिन्ह दिएको छ । आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुई भन्दा बढी दललाई एउटै चुनाव चिन्ह दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । यो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगको बिहीबार बसेको बैठकले दर्ता भएका दलहरुको चुनाव चिन्ह निर्धारण गरेको हो ।

जस अनुसार नेकपा माओवादी केन्द्रसँगै समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीले एउटै चुनाव चिन्ह पाएका छन् । तीन दलको चुनाव चिन्ह गोलाकारभित्र हसिया हथौडा कायम गरिएको छ ।माले र जनसमाजवादी पार्टीले एउटै चुनाव चिन्ह हसिया तारा, राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले सिपाही तथा पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आधुनिक पार्टी नेपालले बाघ चुनाव चिन्ह पाएका छन् ।

राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीलाई हलो

निर्वाचन आयोगले राप्रपाबाट फुटेर बनेका दुई वटा दल राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीलाई हलो चुनाव चिन्ह दिएको छ । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई आयाताकारभित्रको हलो र पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्रको हलो चुनाव चिन्ह दिइएको छ ।

नयाँ शक्ति पार्टी नेपालले आँखा चुनाव चिन्ह पाएको छ भने राष्ट्रिय जनता पार्टी नेपालले छाता चुनाव चिन्ह पाएको छ ।

हेर्नुहोस् कुन दलले कुन चुनाव चिह्न पाए

२०७४ भदौ २२ गते २०:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना