देशकै प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न सकिन्छ भन्नेमा शक्ति खर्चिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवार छान्न सकस
दललाई वीरगन्जका लागि उम्मेदवार छान्न सकस परेको थियो । सबै दलको चासो वीरगन्जका लागि प्रकट हुनुका पछाडि के कारण छ ? वीरगन्जका एक पुराना राजनीतिकर्मी हरेन्द्र सिंह भन्छन्, ‘यो सत्ता र शक्तिसँग गाँसिएको विषय हो ।’ लामो समय वीरगन्जमा बसेर कांग्रेसको राजनीतिमा सक्रिय सिंह केही समययता मधेसी पार्टीमा आबद्ध भए पनि स्वतन्त्रपूर्वक विश्लेषण गर्न रुचाउँछन् । उनी भन्छन्, ‘यो आज मात्रै देखिएको होइन, ०४६ पछिका हरेक निर्वाचनमा दलहरूको केन्द्रीय नेतृत्वले वीरगन्जलाई चासोपूर्वक लिँदै आएको छ ।’
पैसाको अत्यधिक हाबी
वीरगन्जका अधिवक्ता वीरेन्द्र यादवका अनुसार वीरगन्जको नेता भएपछि केन्द्रमा स्थापित हुन सजिलो हुने भएकाले यहाँको नेतृत्व गर्न होड चल्ने गरेको हो । यादव भन्छन्, ‘राजनीतिमा पैसाको महत्वव अत्यधिक हाबी भयो, आर्थिक नगरीसमेत रहेको वीरगन्जको नेतृत्वले त्यो सजिलै म्यानेज गर्न सक्छन् भन्ने स्थापित मात्रै होइन, व्यहवारमै देखियो, जसकारण सबैको चासो बढेको हो ।’
भारतसँग समेत सम्बन्ध विस्तार
‘वीरगन्जको महत्वव यतिमा सीमित छैन’, अधिवक्ता यादव भन्छन्, ‘यो सहर दुई वर्षअगाडि मात्रै ६ महिना प्रभावित हुँदा हरेक नेपालीको चुलोमा प्रभाव पर्यो ।’ ‘यहाँ भारतको महावाणिज्य दूतावासदेखि भारतका अनेकन व्यापारिक संरचना छन्’, राजनीतिज्ञ सिंह भन्छन्, ‘जसकारण यहाँका नेतालाई भारतसँग सम्बन्ध बनाउनसमेत सजिलो हुने गरेको देखियो ।’ सिंह भन्छन्, ‘नेपालको राजनीतिमा भारतको प्रभाव अब बहसको विषय नै छैन, भारतसँगको सम्बन्ध हाम्रो राजनीतिमा महत्ववपूर्ण देखिन्छ । त्यसैले यहाँको राजनीतिक नेतृत्व गर्न सक्नेले भारतसँग समेत सम्बन्ध विस्तार गर्न मौका पाउँछन्, आर्थिक रूपमा पनि सहज उक्लिन्छन् ।’
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि