कात्तिक ९ गते ढल्नेभयो देउवा सरकार

२१ भदाै,काठमाण्डौं – संसद्को आयु बढीमा ५० दिन मात्र बाँकी रहँदा पनि सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक अझै संसद्‍मा दर्ता गरेको छैन । सरकारले मंसिर १० र मंसिर २१ मा गरी दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकसमेत यही संसद्ले पारित गर्नुपर्ने भए पनि त्यसको मस्यौदासमेत दर्ता भएको छैन ।

samsad

निर्वाचन आयोगले चुनावको एक महिनाअघि नै मनोनयन दर्ता गराउने र मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् कायम रहने संवैधानिक व्यवस्थाका कारण संसद्को आयु बढीमा ५० दिन मात्र देखिन्छ ।

‘कात्तिक १० को वरिपरि मात्र संसद्को आयु देखिन्छ’, संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले भने, ‘मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुन्छ । यो संसद्ले जे जति गर्ने हो अब ५० दिनमा गरिसक्नुपर्छ ।’

अर्का संविधानविद् एवं एमाले सांसद अग्नि खरेल यही संसद्ले राष्ट्रियसभा गठन र राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक पारित गर्नुपर्ने तर्क गर्छन् । ‘सरकारले यी विधेयक संसद्मा ल्याउन किन ढिला गरेको हो भन्ने बुझ्नै सकिएन’, खरेलले भने, ‘आवश्यक विधेयक फटाफट पारित गरेर चुनावमा होमिनुको विकल्प छैन ।’

कात्तिक ९ गते ढल्नेभयो देउवा सरकार
जबकि राष्ट्रियसभा ऐन अहिलेसम्म संसदमा पेश भएको छैन । यो ऐन नबनि कसरी प्रतिनिधिसभा गठन गर्ने ? यसी कात्तिक ९ मा संसद्को उपायदेयता सकिएपछि तीन ठूला दलमध्ये एमालेलाई अहिले जतिसुकै एक्लो गरेपनि उसँग सहकार्य नगरी सुखै छैन ।

किनकि संसद्को गणितीय खेल सकिएपछि सुरु हुने भनेको सहमतीय राजनीति नै हो । त्यसमाथि संविधानको धारा २९८ को उपधारा ८ (ग) मा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्थाबारे स्पष्ट रुपमा लेखिएको छ, ‘निज व्यवस्थापिका संसद नै नरहेपछि, संसद्को सदस्य नरहेकमा ।’ अब प्रधानमन्त्रीको पद पनि कात्तिक ९ गते धरापमा पर्ने पक्कापक्की छ। हुन त त्यसपछि कामचलाउनका रुपमा ६ महहिना चलाउन पाइन्स भन्ने प्रश्न पनि उठ्ला तर, यो संविधानले त्यस्तो व्यवस्था गरेको छैन ।

यसो हुँदा न सांसद, न मन्त्री न त त्यसका लागि कुनै संवैधानिक आधार नै छ । यस्तोमा नयाँ खिलराजको खोजि गर्नुपर्ने हुन्छ वा केही न केही व्यवस्था हुनैपर्छ । यस्तोमा राष्ट्रिय सहमति एकमात्र विकल्प हो । अर्को तरिका पनि छ, त्यो हो, ‘संविधान संसोधन गरेर त्यस्तो व्यवस्था मिलाउने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको