प्रचण्डको झूठमाथि चिरफार

 

 १. अोबिओआरमा नेपाल सहभागी भएन भनेर ओली सरकार ढालिएको थिएन । गतसाल असोजमै ओबिओआरमा हस्ताछ्यर हुने र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराई बिशाल चिनियाँ लगानी भित्र्याउने समयमा ओली सरकार ढालिएको थियो ।prachandad-768x290
२. फाष्ट ट्र्याक नेपाल आफैले बनाउने निर्णय गर्न सकेन भनेर ओली सरकार ढलेको होइन, ओली सरकारले नै फाष्ट ट्र्याक नेपाल आफैले बनाउने निर्णय गरेको हो । इतिहास मार्ने काम नगरौं।

१. अोबिओआरमा नेपाल सहभागी भएन भनेर ओली सरकार ढालिएको थिएन । गतसाल असोजमै ओबिओआरमा हस्ताछ्यर हुने र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराई बिशाल चिनियाँ लगानी भित्र्याउने समयमा ओली सरकार ढालिएको थियो ।

३. लोडसेडिङ्ग हटाउने रणनीति सोही सरकारले अगाडी सारेको हो । तर कुलमान जस्तो सछ्यम मानिसलाई मौका दिनु यो सरकारको सकारात्मक र प्रशंशनीय काम हो ।

४. हुलाकी राजमार्गको सवालमा ओली सरकारले बजेट कति छुट्याएको थियो?नीति तथा कार्यक्रम पल्टाएर हेर्नुहोला ।

५. सन्तुलित सम्बन्धको सवालबारे- प्रचण्डको भारत भ्रमणको क्रममा २५ बुँदे सम्झौताका सबै बुँदाहरु हेर्नुहोला, त्यहाँ नेपाल सरकारलाई भारतिय दुताबासको उच्च पदस्थ कर्मचारीको समानान्तर बनाइएको छ ।

६. सोहि सम्झौताको अर्को बुँदामा नेपालको अन्तरराषट्रिय मामलाको हकमा भारतको परराष्ट्र मामलासँग समान धारणा बनाउने कुरा उल्लेख छ । स्वतन्त्र राष्ट्रको बिदेश सम्बन्ध अर्को कुनै देशको बिदेशनीतिसंग एकाकार कुनैपनि हालतमा हुनै सक्दैन। त्यसैले सम्बन्ध सन्तुलन होइन, ब्यापक असन्तुलित र एक पछिय बन्न पुगेको छ ।

७. भारतिय राष्ट्रपतिलाई भित्र्याएर अभिनन्दन गर्दै हिडियो, चिनियाँ राष्ट्रपतिको भ्रमण गराउनेतर्फ कुनै कदम चालिएन । त्यसैले सन्तुलन सम्बन्धको प्रम ज्यूको दाबीलाई यो कुराले पुरै खण्डन गर्दछ ।

८. जुन उद्देश्यका साथ ओली सरकार ढलेको थियो, त्यसको केहि कुरा पुरा भए–जस्तै—चिनियाँ राष्ट्रपतिको भ्रमण रद्द गरियो र पोहोर साल असोजमा सि जिनपिङ्गको भ्रमण गराएर चिन-नेपाल रेल लिङ्क उद्घाटन हुने सम्भाबना अन्त्य गरियो ।

९. संबिधान संसोधन गरि मधेशी दललाई मुलधारमा ल्याउने अर्को उनको टास्क पुरा भएन यद्यापी यो बिचमा उनको धैर्यता र संयोजनका कतिपय कुराहरु सकारात्मक देखिए ।

१०. आचारसंहिता जारी भएकै समयमा राजिनामा दिएर उनले गुमेको साँख फिर्ता गर्ने कोशिष त गरे तर आचारसंहिता भने रद्दीको टोकरीमा फ्याँकियो ।

११. प्रधानन्यायाधिशलाई लगाइएको महाभियोग गलपासो बन्न पुग्यो । त्यो न त फिर्ता लिइएको छ न अगाडी नै बढाइएको छ।

१२. क्रान्तिकारी ब्येक्तित्व युद्दकालको प्रधान दुष्मनको नायकले भनेका सबै कुरा गर्दै जानु कमजोरी नै होला ।

१३. युद्द अपराधीहरुलाई चोख्याउने प्रयास सर्बथा निन्दनिय बन्यो ।

१४. कैलाली घटनाका नाइके र मुख्य अभियुक्त रेशम चौधरीलाई देशको प्रधाबमन्त्रीले नयाँ दिल्लीमा भेट दिनु भब्य आलोचनाको बिषय थियो ।

१५. स्वास्थ्य छेत्रमा केहि काइदाका कामहरु भए, त्यसको श्रेय गगन थापालाई दिनु उपयुक्त होला सम्बन्धित मन्त्रीको नाताले ।

१६. आर्थिक बृद्दीदर सकारात्मक कुरा हो, यो समयमा जुन सरकार भएपनि भुकम्पपछिको पुनर्निर्माण र लोडसेडिङ्ग अन्त्य हुदाको समयमा यो अपेछित र स्वाभाबिक उपलब्धी हो । अर्को पाटो चालु आर्थिक बर्षको बजेट बिनियोजन जसरी गरियो, त्यसैको प्रभाब हो भन्ने यथार्थता किन भुल्ने? यद्दयापी, श्रेय प्रचण्ड सरकारलाई नजाने भन्ने होइन ।

१७. केहि सकारात्मक र धेरै आलोचनात्मक पाटोका बाबजुद आउदा दिनहरुमा उनले विगतको आफ्नो बेइमानीपुर्ण राजनीतिक छबि सुधार गर्ने प्रयासले कति निरन्तरता पाउला, त्यसको आधारमा थप समिछ्या हुने नै छ ।
समग्रमा पहिलो चरणको निर्बाचन सफलतापुर्बक सम्पन्न गर्नु जति प्रशंशनिय कार्य थियो, त्येति नै आलोचनायुक्त कदम उनले दोस्रो चरणको निर्बाचनलाई सम्पन्न गर्ने दायित्वबाट पन्छिनु रह्यो ।

मेरो बिबेक र बिष्लेषणले जे देख्यो-त्यो लेखियो ।
माओबादी मित्रहरु ! मलाई छेमा गर्नुहोला यो पोष्टको लागि । मैले निरन्तर “वाच” गर्दै आएको छु ।
(यो आलेख चन्दको फेसबुकबाट जस्ताको तस्तै साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने