भारतीय बाँधका कारण ढुबानको बिपत्ती खेप्नुपर्याे

१५ भदौ, रौतहट  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दक्षिणी सिमानामा भारतले निर्माण गरेका बाँधका कारण तराई मधेसका अधिकांश भागहरुले वर्षायाममा ढुवानको बिपत्ती खेप्नुपरेको बताएका छन् ।

 

4केही दिन अघि मधेसका जिल्लाहरुमा आएको बाढी र क्षतिको अनुगमन गर्न रौतहट आएका पूर्व प्रधानमन्त्री प्रचण्डले भारतीय सीमानामा रहेका बाँधहरु र पानी निकासका ढोकाहरु समयमै भारतीय पक्षले नखोल्दा नेपाली पक्षको ठूलो धनजनको क्षति व्यहोर्नुपरेको बताए ।

आफूलाई चाहिने पानी खोल्ने र बाढीका बेलामा बन्द गर्ने प्रवृतिले नेपाल र सिमावर्ती भारतीय सहरहरु पनि डुबानमा परेको उनको आरोप छ ।

‘परराष्ट्र मन्त्रालय र भारतीय दूतावाससँग कुरा गर्दा पनि भारतीय पक्षले बाँधका ढोकाहरु समयमा नखोलिएकाले बाँध भत्कँदा उता (भारत)मा पनि क्षति भएको र नेपालीहरु पनि डुबानमा परेको पाइएको छ ।’

अध्यक्ष प्रचण्डले भने, ‘बाँधका ढोकाहरु समयमै खोलेको भए क्षति कम हुन्थ्यो, नेपाल सरकारले अविलम्ब भारतीय पक्षसँग कुटनीतिक वार्ता गरेर यसखालको समस्या भविष्यमा नआउने ग्यारेण्टी गर्नु पर्छ ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमणका समय आफूले यस विषयमा कुरा गर्न प्रधानमन्त्रीलाई जानकारी गराएकोसमेत उनले बताए । भारतले आˆना बाँधको पुनरावलोकन गर्नुपर्ने र कुटनीतिक रुपमै दुवै पक्षका कर्मचारी बसेर यो समस्या समाधान गर्नुपर्ने उनको तर्क थियो ।

रौतहट उद्योग वाणिज्य संघले बाढीबाट भएको क्षतिको सम्बन्धमा जानकारी गराउन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाढीबाट सबैभन्दा प्रभावित रौतहट जिल्ला भएको र त्यसमा पनि सदरमुकाम गौरमा ठूलो क्षति भएको आफूले अनुभव गरेको बताएका थिए ।

बाढीले व्यापार तथा कृषि क्षेत्र सहित ठूलो क्षति गराएकोले उद्योगी व्यापारीको माग अनुसारनै रौतहट जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गराउन प्रधानमन्त्रीलाई अनुरोध गर्ने उनले बताए ।

म प्रधानमन्त्री भएको भए रौतहटलाई संकटग्रस्त घोषणा गर्थें, तर, प्रधानमन्त्रीको चाबी मसँगै छ र रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गराउने प्रतिबद्धता व्यक्त गर्छु ।’ प्रचण्डले भने ‘व्यापारी तथा कृषकहरुको क्षतिका बारेमा मन्त्रालयहरुले समेत काम गरिरहेकोले राहतका प्याकेज पनि जिल्लामा आउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने