नेपाललाई सनातन हिन्दुराज्य घोषणा गर्ने अठोट

१३ भदौ, काठमाडौं – यहि भदौ १५, १६ र १७ गते पशुपति नाथ मन्दिर परिषरमा अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलनको आयोजना गरिने भएको छ । सनातन संस्कृति समाज नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सम्मेलन आयोजनाको विषयमा जानकारी दिएको हो ।

hindu

पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका संयोजक हरिबोल भट्टराईले नेपाललाई जसरी पनि सनातन हिन्दुराज्य घोषणा गर्ने अठोट ब्यक्त गर्दै भने, ‘नेपाल हिन्हुराज्य बन्नेमा शंका छैन्, जनता हिन्दुराज्यको पक्षमा छन्, आगामी निर्वाचनमा कांग्रेसले सनातन हिन्दुराज्यको एजेण्डालाई लिएर अघि गएमा जनता बहुमत दिन्छन् ।’

संयोजक भट्टराईले यो सम्मेलनले सबै राजनीतिक दललाई हिन्दुराज्यको पक्षमा उभिन बाध्य पार्ने दावि गर्दै हिन्दु राष्ट्र बनाउने अभियानलाई निरन्तर रुपमा अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन बास्तोलाले नेपाललाई सनतान हिन्दुहरुको आस्थाको केन्द्र भएकोले यसलाई कायम राख्ने सबै एक जुट भएर अभियान चलाउनु पर्ने आवश्यकता औल्याए ।

त्यसैगरी विश्वहिन्दु महासंघका उपाध्यक्ष दिनबन्धु अर्यालले नेपाल बुद्ध, व्यासको जन्मभूमि र ऋषिमुनिहरुको पुण्य तपोभूमि भएकाले अन्य सम्प्रदायले यसलाई समाप्त पार्न चौतर्फी आक्रमण भईरहेको दावी गर्दै मुलुकको धर्म संस्कारलाई बचाउँनको लागि सबै एक जुट भएर उत्रनु पर्ने आवश्यकता औल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने