चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु

चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक तथा मार्क्स जस्तै दार्शनिक थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले नदवंशको नाश गरेर चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए ।  उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। चाणक्य राजसी ठाटबाट भन्दा टाढा एक सानो कुटिमा बस्दथे ।

भनिन्छ नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका पनि कयौ नीतिहरु चाणक्य नीतिबाट प्रभावित थिए । चाणक्यले स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति र बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन त केहि नकारात्मक पनि छन। केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्भिक तुल्याइ दिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन । विशेष गरी स्त्री जातिका गुण-दोष, बानी व्यहोरा र महत्वका बारेमा लेखिएका केही रहस्यहरु तल दिएका छन ।

१. स्त्री 
स्त्री त्यही हो जसमा सुख छ ।

२. स्त्रीहरुको विश्वास
स्त्रीहरुको कहिल्यै विश्वास गर्नुहुँदैन । 

३. स्त्रीको छनौट
दुष्ट कुलबाट पनि रत्नरुपी स्त्रीलाई लिनुपर्छ ।

४. स्त्रीको शक्ति
स्त्रीहरुको भोजन दुई गुना, लज्जा चार गुना, साहस छ गुना र काम आठ गुना बढी हुन्छ ।

५. स्त्रीको दोष
असत्य बोल्नु, उत्ताउली हुनु, कपटी हुनु, मूर्खता, अत्यन्त लोभ, अपवित्र र निर्दयता स्त्रीहरुका स्वाभाविक दोष हुुन ।

६. आज्ञाकारी स्त्री
जसको स्त्री इच्छा अनुसार चल्दछे तथा जसले ऐश्वर्यमा सन्तोष गर्दछ त्यसलाई स्वर्ग यही नै छ । अर्थात राम्रो र आफुले भनेको मान्ने स्त्री पाएमा स्वर्ग यहि छ ।

७. कस्ता स्त्रीको बिश्वास गर्नुहुन्न 
जो  स्त्री  अर्काको  साथमा  भाषण  गरेर हिड्दछे,  अर्कालाई  विह्वल  भएर हेर्दछे,  ह्दयमा  अर्काको  चिन्ता  गर्दछे  त्यस्ता स्त्रीहरुको  प्रीति कहिल्यै  पनि  एउटामा  रहँदैन त्यस्ता  स्त्रीहरुको  बिश्वास  गर्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर