११ भदौ, काठमाडौं । नेपाल खाद्य संस्थानले बाढीपीडितलाई पठाउन लागेको राहतमा चरम लापरवाही भएको देखिएको छ । संस्थानले तराईका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा पाइएको छ ।
आपूर्ति मन्त्री शिवकुमार मण्डलसमेतको संलग्नतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य संस्थानको काठमाडौंको माइतीघर मण्डलामा रहेको सदर धान गोदाममा अनुगमन गर्दा यस्तो भेटिएको हो ।
बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको उक्त सिमी गुणस्तरहीनसमेत भेटिएको छ । त्यही सिमीमध्ये ४० किलो बाढीपीडितलाई पठाइसकिएको छ ।
बाढीपीडितलाई थप पठाउन लागिएको खाद्य बस्तुमा अखाद्य पदार्थ रहेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गर्दा फापर, उवा र चामलमासमेत प्रशस्तै कैफियत देखिएको छ ।
संस्थानले राहतका लागि मौज्दातमा राखेको ७ सय २० क्विन्टल सिमी परीक्षण गर्दा उक्त सिमी प्याक गरेको बोरामा ढुंगा, माटो, बालुवा, गोबर, चाउचाउका टुक्रा लगायत भेटिएको थियो ।
त्यस्तै, संस्थानले मौज्दातमा राखेको फापर पनि सडेको भेटिएको थियो । संस्थानको सदर गोदाममा ७ सय २२ किलो फापर मौज्दातमा छ । ती फापर राहतस्वरुप संस्थानले विभिन्न क्षेत्रमा पठाउने गर्छ ।
संस्थानमा दुई वर्षभन्दा पुरानो चामल समेत भण्डारण गरेर राखिएको छ । २०७२ सालको भूकम्पका समयमा बंगलादेश सरकारले दिएको १० हजार क्विन्टल चामल अझै पनि संस्थानको गोदाममा थन्किएको । त्यस्तै, फापर र सिमी पनि संस्थानले दुई वर्षअघि नै खरिद गरेको थियो ।
संस्थानको उक्त सदर गोदाममा झण्डै ४१ हजार क्विन्टल खाद्य बस्तु सञ्चय छ । संस्थानले मौज्दातमा रहेका ती खाद्य बस्तु सुपथ मूल्य पसल, कर्णालीलगायतका जिल्ला र खाद्य संकट परेका बेला आवश्यकीय ठाउँमा पठाउने गर्छ ।
संस्थानको अनुगमन गर्दै आपूर्तिमन्त्री मण्डलले खाद्यान्न कारोबार र भण्डारणमा खाद्य संस्थानले चरम लापरवाही गरेको बताए । ‘जनतालाई प्रदान गरिने अत्यावश्यकीय खाद्यान्नमा यस्तो लापरवाही देखिनु दूर्भाग्य हो,’ मन्त्री मण्डलले भने । लापरवाहीमा संलग्नमाथि कडा कारवाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

पूर्व महाप्रवन्धक र कार्यालय प्रमुखको लापरवाही
सदर धान गोदामका प्रमुख भेषनाथ न्यौपानेले आफू केही समयअघिमात्र नियुक्त भएको र कैफियत देखिनुमा अघिल्ला कार्यकालका पदाधिकारी जिम्मेवार रहेको बताए ।
‘सिमी, फापर र उवाको खरिदको कागजात अझैसम्म पनि मैले फेला पार्न सकेको छैन,’ उनले भने, ‘सम्बन्धित पदाधिकारी र ठेकेदार मिलेर गुणस्तरहीन खाद्य बस्तु खरिद गरेको देखियो ।’ यस सम्बन्धमा विस्तृत छानविन गरिने उनले बताए ।
यसअघि खाद्य संस्थानको प्रधान कार्यालयमा रहेका उनले ३ महिनाअघिमात्र सदर धान गोदाम प्रमुखको नियुक्ती पाएका थिए ।
गुणस्तरहीन सिमी र फापर खरिद गर्दा खाद्य संस्थानको महाप्रवन्धकमा शिवहरी श्रेष्ठ थिए । श्रेष्ठले केही समय अघिमात्र अवकाश पाइसकेका छन् ।
त्यस्तै, सदर धान गोदामका प्रमुख मोहनप्रकाश चन्दले पनि अवकाश पाइसकेका छन् । उनीहरूमाथि पनि छानविन गरिने आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले बताए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक