आयल निगमले चितवनमा किनेको जग्गाको अनुगमनमा पुग्यो संसदीय समिति

चितवन–व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्र्तगतको उपसमिति नेपाल आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्न पुगेको छ । Chitwan_Ndf8P5SjaW

उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले बिहिबार चितवनको राप्ती नगरपालिका लोथर पुगी जग्गाको निरिक्षण गरेको हो ।
 स्थलगत निरिक्षणको क्रममा टोलीले जनप्रतिनिधी, स्थानियबासी र सरोकारवालाहरुसँग जग्गाको वास्तविक मुल्यको बिषयमा जानकारी समेत लिएको छ । 
नेपाल आयल निगमले इन्धन भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा गरेको जग्गा खरिदमा आर्थिक चलखेल भएको विषय समितिमा प्रवेश भएपछि समितिले त्यसको छानविन गर्न उपसमिति गठन गरेको थियो । आयल निगमले खरिद गरेको जग्गामा अनियमितता भए नभएको छानविनका लागि उपसमितिले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा जग्गाको मुल्यमा एकरुपता नपाईएको र जग्गा प्राप्ती ऐन विपरित भएको प्रारम्भीक ठहर उपसमितिले गरेको छ ।

नेपाल आयल निगमले राप्ती नगरपालिकाको वडा नं. १ लोथर ड्याकको आडमा २३ बिघा १२ कठ्ठा जग्गा प्रति कठ्ठा १५ लाख ८५ हजार रुपौयाँका दरले खरिद गरेको थियो । स्थानीयबासी तथा त्यहाका जनप्रतिनिधिले यो मुल्य चलनचल्तीको भन्दा निकै बढी भएको बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने