सप्तरीका दुई हजार परिवारलाई एनआरएनको राहत

७ भदौ, सप्तरी । गैरआवासीय नेपाली संघ एनआरएनले आज सप्तरीको तिरहुत गाउँपालिकाका बाढी पीडितलाई राहत वितरण गरेको छ । सशस्त्र प्रहरीको क्याम्पबाट एनआरएन अध्यक्ष शेष घलेले बुधबार पाँच सय परिवारलाई राहत बाँडेका हुन् ।NRNA-Rahat-in-Saptari-tirhut-2

एनआरएनले बाँडेको राहतबाट बुधबारसम्म करिब दुई हजार परिवार लाभान्वित भएको राहत वितरण कार्यक्रम संयोजक श्याम तामाङले जानकारी दिए । भोलि बिहीबार औरहीमा राहत बाँड्ने कार्यक्रम छ।

एनआरएनले मंगलबार बोदेबसाईन नगरपालिकाका बाढी पीडितलाई राति अबेरसम्म राहत बाँडेको थियो । संघले हरेक पीडित परिवारलाई करिब ६ हजार रुपैयाँ बराबरको राहत प्याकेज वितरण गर्दै आएको छ । राहत प्याकेजमा एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेल लगायतका सामाग्री छन् ।

संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङसहितको टोली सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न खटिएको छ ।

 

टोलीमा एनआरएन उपाध्यक्ष कुमार पन्त, मध्यपूर्व उपसंयोजक धर्मराज गिरी, अमेरिका संयोजक सोनाम लामा,  अमेरिका सहसंयाेजक एसी शेर्पा, हङकङका सल्लाहकार त्रिलोक गुरुङ, मेडिकल काेअर्डिनेटर भुमा लिम्बु, जयप्रकाश गुरुङ, बहराइनबाट सदस्य श्याम तामाङ, अमेरिकाबाट मिङमार तामाङ, कुवेतबाट रश्मी रानामगर, क्यानडाबाट अभिमन्यू बस्नेत, एमअाइटीबाट सुरेश चित्रकार लगायत छन् ।

एनआरएनले सशस्त्र, जनपद र स्थानीयको सहयोगमा राहत बाँड्दै आएको फिल्ड काे-अर्डिनेटर धर्मराज गिरीले बताए । हिजो राति १० बजेसम्म पीडितहरुलाई राहत बाँडिएको थियो । सप्तरीबासीले पहिलोचोटी राहत पाएको भन्दै एनआरएनलाई धन्यबाद दिएका छन् ।

बाढीको प्रकोप सुरु भएसँगै गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सुरु गरेको थियो । सो कोषमा अध्यक्ष घले र उनकी पत्नी जमुनाले एक करोड रुपैयाँ दान गरेका थिए ।

 

झण्डै दुई करोड रुपैयाँ संकलन गरी करिब पाँच हजार परिवारलाई राहत बितरण गर्ने लक्ष्यसहित एनआरएन टोली सप्तरी आएको हो ।

एनआरएनएले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर पनि सुरु गरेको छ । बिराटनगरबाट डाक्टर र नर्सहरुको टोली लगेर स्वास्थ्य शिविर सुरु गरिएको हो ।

यसैबीच एनआरएनको राहत बोकेको ट्याक्टर बुधबार भारदहमा दुर्घटना भएको छ । दुर्घटनामा करिब एक सय बोरा चामल क्षति भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना