२०७४ भदौ ७, काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफसम्म नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका छन् । नेपालका लागि कप्तान रोशन रानामगरले गोल गर्दै बराबरीमा ल्याएका हुन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा जारी खेलको २७ औं मिनेटमा भारतका कप्तान क्रिम प्रताव सिंहले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा भारतले डिबक्स भित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गरेका कप्तान रोशनको बल भारतीय गोलरक्षकले बचाएपनि पुन रोशनले अगाडी आएको बललाई प्रहार गर्दै बराबरी नेपाललाई पुर्याएका थिए ।
दुबै टोली सेमिफाइनलमा प्रवेश गरिसकेको हुनाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
समूह वि मा रहेको भारतले पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको थियो ।
समूह बी को विजेताले समूह ए को उपविजेता बनेको भुटानसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह बी को उपविजेताले समूह ए को विजेता बनेको बंगलादेशसंग सेमिफाइनलमा खेल्नेछ ।
यसअघि हिजो भएको खेलमा बंगलादेशले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै समूह ए को विजेता बनेको थियो । त्यस्तै भुटान पराजित भएपनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र