प्रधानमन्त्रीलाई सहीदपत्नीको आग्रह – सीमा विवादले कसैको सिन्दूर नपुछियोस्

काठमाडौं, ७ भदाै । भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो । तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले न घटनाको दोषीलाई कारबाही गरेको छ न छानबिनबारे नेपाललाई कुनै जानकारी नै दिएको छ ।

यो पाँच महिनाको अवधिमा नेपालले पनि छानबिनबारे के भइरहेको छ भनेर भारतसँग सोधेको छैन । यसअघिका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीजस्तै कञ्चनपुरमा भएको ज्यादती पनि छानबिनको नाममा सेलाएको छ ।

‘घटनाबारे छानबिन भइरहेको छ, सकिएपछि नेपाललाई जानकारी दिइन्छ’, गोविन्द गौतम मारिएको घटनाको घटनाको छानबिनबारे जिज्ञासा राख्दा काठमाडौंस्थित भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रीत शर्माले भनिन् ।

गोविन्द गौतमकी श्रीमती लक्ष्मी गौतम आफ्नो श्रीमानलाई गोली हान्ने एसएसबीका जवानमाथि भारत सरकारले छानबिनपश्चात कारबाही गर्ने भन्ने सुनेको तर अझैसम्म कारबाही नहुँदा आफूलाई पीडा भएको बताउँछिन् ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी सुदूरपश्चिमका हुन् । यसकारण लक्ष्मीलाई आफूले न्याय पाउने र दोषीमाथि कारबाही हुने आशा जागेको छ । प्रधानमन्त्री देउवा भारतको पाँचदिने राजकीय भ्रमणको सिलसिलामा बुधबार त्यसतर्फ जाँदैछन् । प्रधानमन्त्रीले आफू र आफूले जस्तै पीडा भोगेका नेपालीका आवाज भारतसमक्ष उठाउने लक्ष्मीको विश्वास छ ।

‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो, सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पछिन सक्छ । त्यसैले म प्रधानमन्त्रीज्यूलाई सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’ लक्ष्मीले प्रधानमन्त्रीलाई सुझाव दिँदै भनिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा