ओली : संसदले राष्ट्रियताको पक्षमा फैसला लियो, नमन गर्छु

६ भदाै, काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक अस्वीकृत गरेर संसदले राष्ट्रियताको पक्षमा फैसला दिएको टिपपणी गरेका छन् ।

 

kp-oli-pradip-giri

सोमबार संविधान संशोधन विधेयक अस्वीकृत भएको थियो । त्यसको भोलिपल्ट संसदमा विशेष समय लिएर बोलेका विपक्षी दलका नेता ओलीले संसदलाई धन्यवाद दिनुका साथै कांग्रेस नेता प्रदिप गिरीलाई जवाफ पनि दिए ।

मतदान अघिको छलफलमा गिरीले संशोधन विधेयक राष्ट्रवादको नाममा सँगै बस्छु भन्नेहरुमाथि औलो ठड्याउनेहरुलाई जवाफ हो भनेको थिए । ओलीले भने, ‘मैले बहस पनि सुनेँ अलिअलि । यो मिलेर बस्छु भन्नेहरुलाई राष्ट्रवादको औलो ठड्याउनेलाई जवाफ हो भनेर । म यस सदनलाई धन्यवाद भन्न चाहन्छु, नमन गर्न चाहन्छु, यसले राष्ट्रियताको पक्षमा फैसला दियो ।’

‘यस सदनले नेपाली जनताको भावनाको प्रतिनिधत्व गर्‍यो । राष्ट्रहित र स्वाधिनताको प्रतिनिधित्व गर्‍यो’ उनले अघि भने, ‘कति भोट भन्ने कहिले कहिले यता उता हुन्छ तर, जे निष्कर्ष निकाल्नु पर्ने थियो, त्यही निकाल्यो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने