चिनियाँ उपप्रधानमन्त्रीले किन केपी ओलीसँग मात्र गरे गोप्य वार्ता ?

३२ साउन,काठमाडौं – सोमबार नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ भेटवार्ता र भ्रमणमा व्यस्त छन् । मंगलबार दिनभर उनी व्यस्त भए । सबै भेटवार्ता र कुराकानी सामुहिक भए । तर, एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीसँग भने उनले गोप्य वार्ता गरे।

1502795465956_Pro_Ktm_20170815_IMG_0580

केपी ओली निकट स्रोतका अनुसार ओली र वाङबीच आधा घन्टा वान टु वान अर्थात् दुई जनाको मात्र सहभागीतामा भेट भएको छ । अन्य नेता अर्थात् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेतासँग सामुहिक भेटवार्ता गरेका वाङले किन ओलीसँग मात्र वान टु वान वार्ता गरे ?

यो विषयमा नेपाली मिडियाले समेत केही लेख्न सकेका छैनन् । प्रधानमन्त्री हुँदा केपी ओलीले भारतविरुद्ध कडा अडान लिएका थिए । ओली र वाङबीचको भेटवार्ता यही कारणाले मात्र नहुन सक्छ ।

नेपालको कुटनीतिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुले समेत ओली र वाङबीचको गोप्य वार्तालाई महत्वका साथ लिए पनि यस बारे केही खुलासा हुन सकेको छैन । ओलीले समेत यस विषयमा मुख खोलेका छैनन् ।

 

सोमबार नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग मन्त्री याङले छुट्छुटै भेटवार्ता गर्ने तयारी पूरा भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार याङले प्रधानमन्त्री देउवासँग उनको सचिवालय बालुवाटारमा भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री देउवासँगको भेटवार्ताका निम्ति बुधबार दिउँसो ३ बजे बालुवाटारमा मन्त्री याङलाई निम्तो दिइएको छ । प्रधानमन्त्रीसँगको भेटवार्तापछि मात्र याङले साँझ राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने छन् ।

याङ नेतृत्वको टोलीले यस बीचमा विभिन्न निर्माण योजनाको उद्घाटनसँगै भेटवार्ता गरिसकेका छन् । बुधबार बिहान मात्र उनको टोलीले नेपाल उद्योग बाणिज्य महासंघकको टोलीसँग भेटवार्ता गरिसकेको छ ।

मंगलबार मात्र नेता वााङले नेपालका बाढी पीडितका निम्ति १० लाख अमेरिकी डलर दिने घोषणा गरिसकेका छन् । उनको नेपाल भ्रमणकै समयमा बाढीले तराई क्षेत्रमा डुबाउँदा अबौको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना