प्रचण्ड : डा केसीको मागका पक्षमा छु

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’ले आफू सधैँ प्रा डा गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएको छ । 

एक्काइस दिनदेखि आमरण अनशनमा रहेएका डा केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष दाहाललाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू केसीले उठाएका मागको पक्षमा रहेको बताउनुभएको हो । भेटमा अध्यक्ष दाहालले भने, ‘काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याइ छ ।’ 

आफू प्रधानमन्त्री हुँदा पनि डा केसीले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको जानकारी दिँदै उनले कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन नसकेको स्पष्ट पारे।

व्यवस्थापिका–संसद्मा विचाराधीन ऐनमा ठोस व्यवस्था गरेर डा केसीलाई आश्वस्त पार्नुपर्ने र अनसन तोडाउनुपर्नेमा आफू निरन्तर छलफलमा रहेको भन्दै उनले सो बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जानकारी समेत गराएको थियो । 

भेटमा प्रतिनिधिमण्डलले डा केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनशन तोडाउन पहल गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना