रौतहटमा जताततै बाढी

रौतहट– रौतहटको अधिकांश स्थान जलमग्न भएको छ । बिहिबार देखि परेको अविरल वर्षापछि आएको बाढीले रौतहट जलमग्न भएको हो भने यातायात प्रायः ठप्प छ । 
बाढीका कारण अहिलेसम्म ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजपुर फरहदवामा  ६ जना गंगापुत्रमा १ जना, आरैयामा १ जना र देबाही बोनहीमा १ जनाको ज्यान गएको जिप्रका रौतहटका डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए । 
मृत्यु हुनेहरुमा  ५ महिला, २ पुरुष र  २ बालबालिका रहेको छन् । 
यसैबीच ८ स्थानमा लालबकैया नदीको बाँध भत्किएपछि  बाढी पसेर गौर डुबानमा परेको छ । गौरमा ३ देखि १५ फिटसम्म पानी जमेको छ ।   पीडितको  सुरक्षाकर्मीले उद्दार जारी राखेको जनाइएको छ । 
जिल्लाका अधिकांश स्थानमा  टेलिफोन सेवा प्रभावित बनेको छ  भने विद्युत  लाइन पनि बन्द भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना