भारतलाई सप्तकोशीका सबै ढोका खोल्न नेपालको आग्रह

८ साउन, काठमाडौं । अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर ३० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । नेपालले सप्तकोशीको बाँधका सबै ढोका खोल्न भारतीय पक्षलाई अनुरोध गरेको छ ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्वी र मध्य पहाडी क्षेत्रमा बाढी र पहिरोले बढी क्षति पुर्याएको र डुबानको अवस्था भयावह भएको बताए । तर, मौसम प्रतिकूल भएकाले उद्धार कार्यलाई तिव्रता दिन नसकेको उनले बताए ।

Related image

‘काठमाडौंको एयरपोर्टमा उद्धार तथा राहतका लागि जाने टोली अलर्ट छ । पूर्वको इटहरीमा पनि हेलिकोप्टर तयारी अवस्थामा छ । तर, मौसमले साथ नदिएकाले जान सकिएको छैन,’ मन्त्री शर्माले भने ।

‘मौसम प्रतिकूलका कारण प्रभावित क्षेत्रमा केन्द्रबाट पुग्न सकेको अवस्था छैन । तर, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई खटाइएको छ । कतिपयलाई उद्धार गरिएको छ भने कतिपय स्थानमा पानीको बहाव तीव्र भएपछि सुरक्षाकर्मीहरु पनि जान सक्ने अवस्था छैन,’ उनले भने ।

उनले सतर्क रहँदै उद्धार तथा राहतमा जुट्न सुरक्षाकर्मी, व्यवसायी, स्थानीयबासी लगायत सबैलाई अनुरोध समेत गरे । ‘विमानस्थल समेत डुबानमा परेको छ । जताततै जलमग्न भएकाले कुनै जिल्लामा हेलिकोप्टर बस्ने ठाउँको पनि अभाव देखिन्छ, मन्त्री शर्माले भने, ‘भद्रपुर विमानस्थल डुबेको त छैन तर मौसम सफा नभएकाले जान समस्या भइरहेको छ । म आफू सुरक्षित रहँदै उद्धारमा परिचालित हुन सबैलाई विशेष अपिल गर्दछु ।’

कोशीका ढोका खोल्न भारतलाई आग्रह

सप्तकोशीको बाँधका सबै ढोका खोल्न भारतीय पक्षलाई अनुरोधसमेत गरिएको गृहमन्त्री शर्माले बताए । ‘मैले परराष्ट्रमन्त्रीमार्फत् कोशीका सबै ढोका खोल्न भनेको छु । भारतीय राजदूतसँग पनि कुराकानी भएको जानकारी मलाई छ, त्यतातर्फ पनि प्रयत्न जारी राखेका छौं,’ मन्त्री शर्माले अनलाइनखबरसँग भने ।

सप्तकोशीमा पानीको बहाव उच्च छ र सबै ५६ वटै ढोका खोल्न भारतीय पक्षलाई भनिएको छ ।

झापामा स्थानीयको सहयोगमा ५ सय ५० जनाको उद्धार गरिए पनि १३३ जना सन्थ्याल जातीलाई उद्धार गर्न समस्या भइरहेको, रौतहटमा लालबकैयाको बाँध फुटिसकेपछि फेरि भयावह अवस्था आएको र सप्तरीको हनुमाननगर लगायतका क्षेत्रमा तत्काल ठूलो संकटको अवस्था नभए पनि स्थिति असहज बनेको रिपोर्ट गृहमन्त्रालयलाई आएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना