शिक्षामन्त्री : गोविन्द केसीको अब अनशन तोडिन्छ , माग पूरा भइसक्यो,

काठमाडौ – उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीले आजै नभए भोलिसम्ममा अनशन तोड्ने दाबी गरेका छन् । 

राजधानीमा आयोजित शंखादेवी भूपू विद्यार्थी समाजले अयोजना गरेको सम्मान तथा प्रशंसापत्र वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले अब केसीले केसीका माग पूरा भइसकेकाले अनशन तोडिने बताए ।
शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि केसीले अनशनलाई निरन्तरता दिएपछि असन्ुतष्ट देखिएका श्रेष्ठले अब झिना मसिना विषयमा अल्झिेर नबस्न केसीलाई आग्रह गरेका छन् । नियुक्तिका सानातिना विषयमा तपाई जस्ता मान्छे अल्झिएर बन्नुहुँदैन, श्रेष्ठले भने ।

श्रेष्ठले आफू शिक्षा मन्त्री भएपछि केसीका माग पूरा हुने गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन पहल गरेको दाबी गर्दै अब केसीले अनशन तोड्ने विश्वास लिएका छन् । यसअघि केसी अनशन बस्नुअघि नै एक महिनाभित्रमा चिकित्सा क्षेत्रका माग पूरा गराउन आफू प्रतिवद्ध रहे पनि गोविन्द केसी अनशन बस्न हतार गरेको मन्त्री श्रेष्ठले बताए । एक महिनाको समय मागे पनि एक हप्ता मात्रै समय दिएकाले सुरुमा नै विधेयक संसदीय समितिबाट पारित गराउन नसकिएको श्रेष्ठको जिकिर छ ।अर्को सन्दर्भमा मन्त्री श्रेष्ठले अस्थायी शिक्षकको माग पूरा गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना