सिन्धुलीमा पहिरो, एकै घरका चार जनाको मृत्यु

सिन्धुली – अविरल बर्षा पछि आएको पहिराले पुरीएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सिन्धुलीमाढी स्थित २ नम्बर बजारका उदयबहादुर (लकाई) खड्काको परिवारका ४ जनाको मृत्यु भएको हो ।

शनिबार बिहान करिब २ बजे आएको पहिरोले पुरीएर उदयबहादुरका श्रीमती ३७ वर्षीय दुर्गाकुमारी खड्का, छोरी १५ वर्षीया शोभा खड्का, छोराहरु १० वर्षीया अनिष खड्का र ८ वर्षीय मनिष खड्का रहेको परिवार श्रोतले जनाएको छ ।,सिन्धुली – अविरल बर्षा पछि आएको पहिराले पुरीएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सिन्धुलीमाढी स्थित २ नम्बर बजारका उदयबहादुर (लकाई) खड्काको परिवारका ४ जनाको मृत्यु भएको हो ।

शनिबार बिहान करिब २ बजे आएको पहिरोले पुरीएर उदयबहादुरका श्रीमती ३७ वर्षीय दुर्गाकुमारी खड्का, छोरी १५ वर्षीया शोभा खड्का, छोराहरु १० वर्षीया अनिष खड्का र ८ वर्षीय मनिष खड्का रहेको परिवार श्रोतले जनाएको छ ।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने उदयबहादुरको परिवार नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको जग्गामा घर बनाएर बसेका थिए ।

जिल्ला प्रहरी कार्यालयको आवास भवन नजिकैबाट झरेकको पहिरोले घर पुरिएको हो । उदयबहादुर भने भागेर ज्यान जोगाउन सफल भएका छन् । रातिको समयमा पहिरो आएको र उद्वार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको उनले बताए ।

‘म ढोकाको छेउमा सुतेको थिए । श्रीमती, छोरा, छोरी भित्ता पट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागेँ, उनीहरु भाग्न भ्याएनन् ।’ उदयबहादुर भने, ‘घटना भएदेखि नै म चिच्याएँ । ठूलो पानी परेको कारण कसैले थाहा पाएनन् क्यार, करिब ४ बजे तिर छिमेकीले प्रहरीमा खबर गरिदिए’

शवहरु सिन्धुली अस्पताल लगिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्वार गरेका हो । राती परेको अविरल वर्षाको कारण अन्य क्षेत्रमा भने कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना