एमालेले संशोधन बिधेयक पारित हुन नदिने

२७ साउन, काठमाडौं – सरकारले राष्ट्रिय जनता पार्टीसँगको छलफलमा संविधान संशोधन बिधेयक निणायर्थ पेश गर्ने सहमति भएपनि बिधेयक पारित हुन नदिने अडान यथावत रहेको जनाएको छ ।

 

Pradip-Gyawaliशुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा एमाले सचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचनमा मधेसका जनतालाई आफ्नो पक्षमा पार्न रचिएको सरकारी राजनीतिक चाल संविधान संशोधन भएको आरोप लगाए ।

शुक्रबार सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच संसदमा विचाराधीन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सहमति भएको थियो । तर, प्रमुख प्रतिपक्षी एमालेका सचिव ज्ञवालीले भने विधेयक संसदमा पेश भए सत्तापक्ष र प्रतिपक्षबीचको दुरी झनै बढेर जाने चेतावनी दिए ।

सचिव ज्ञवालीले राष्ट्रिय जनता पार्टी, नेपाललाई आसन्न निर्वाचनमा आउन पनि आग्रह गरे । जनता निर्वाचनको पक्षमा रहेकाले राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश नम्बर २ को निर्वाचनमा भाग लिने उनको टिप्पणी छ ।

कार्यक्रममा बोेल्दै कांग्रेस नेता एवम् वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमति ल्याएर संविधान संशोधन विधेयक पारित गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सबैलाई निर्वाचनमा जाने वातावरण बनाउने दायित्व पूरा गर्न सरकार लागि परेको पनि स्पष्ट पारे ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता अजयशंकर नायकले राजपालाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउन संविधान संशोधन विधेयक अघि बढाउने निर्णय लिइएको प्रष्ट पारे । निर्वाचनमा जाने वातावरण बनाउन प्रमुख प्रतिपक्ष एमाले पनि जिम्मेवार बन्नुपर्ने उनले बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले संविधान संशोधन विधेयक सफल बनाउने आश्वासन सरकारले दिएको खुलासा गरे । उनले स्थानीय तहको संख्या बढाउन मिल्ने गरी सर्वोच्चको आदेश पनि आएकाले आफूहरु आसन्न निर्वाचनमा जान तयार भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना