पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो

इटहरी, २४ साउन – पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ । 

scrub_thypus

यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । 

धनकुटा जिल्लामै अन्य तीन जना बिरामीमा पनि यो रोगको जीवाणु देखा परेपछि जिल्लाभर सर्वसाधारणमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ । खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका तथा पाख्रिबास नगरपालिका क्षेत्रमा यो रोग देखापरेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । 

स्क्रब टाइफस रोगबाट धनकुटाको साविक छिन्ताङ–२ की ८ वर्षीया बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तीन दिनअघि ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा नारायण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार धनकुटाकै पाख्रिबास क्षेत्रमा अहिलेसम्म तीन जनामा स्क्रब टाइफस रोग देखा परिसकेको उपचारका क्रममा पत्ता लागेको छ । 

धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका दुई बालक र एक बालिकामा यो रोगको लक्षण पाइएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट तथा जिल्ला स्वास्थ्य प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । 

स्क्रब टाइफसको लक्षण देखा परेका सबै बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइएको र उनीहरुको उच्च सतर्कताका साथ उपचार भइरहेको पनि प्रतिष्ठानले जानकारी दिएको छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यो रोगबाट उनीहरु बढी प्रभावित हुने खतरा रहने बताइएको छ । 

मुसामा हुने किर्नाले मानिसलाई टोकेपछि उक्त रोग सर्ने प्रतिष्ठानका प्रवक्ता डा भट्टराईले बताउनुभयो । अत्यधिक ज्वरो आउने, श्वासप्रश्वासको समस्या जस्ता लक्षण देखिएमा तत्काल चिकित्सकसँग सम्पर्क गर्न र अस्पतालमा उपचारार्थ आउने पनि प्रतिष्ठानले सूचित गरेको छ । स्क्रब टाइफस र स्वाइनफ्लुबाट संक्रमित हुने रोगी झापा र तराईका अन्य जिल्लामा पनि फैलन सक्ने खतरा रहेका जनाउँदै प्रतिष्ठानले उच्च सतर्कता अपनाउन सबैसँग अपिल गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी